• मेचीनगर । मेचीनगरका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने लक्ष्यका साथ मेचीनगरका जनप्रतिनिधिहरुको दुई दिने गोष्ठि सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा मेचीनगरले आयोजना गरेको उक्त कार्यशाला गोष्ठिमा मेचीगरका १५ वटा वडाका सबै वडा अध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो । शिक्षाको नियमवाली अनुसार जनप्रतिनिधि स्वत विद्यालयको पदेन सदस्य रहन्छन् । मेचीनगरमा भएका विद्यालयहरुको शैक्षिक अभिबृद्धि गर्दै थप नमुना बनाउन जनप्रतिनिधिहरुको पनि उत्तिकै दायित्व र कर्तव्य हुने र यसलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा दुई दिन गोष्ठिमा छलफल गरिएको थियो । उक्त गोष्ठिमा मेचीनगरमा भएका सफल विद्यालयका अभ्यास र विद्यालयमा गर्न सक्ने सम्भावनका विषयहरुको खोजी गरिएको थियो । गोष्ठिमा मेचीनगर शिक्षा शाखाका प्रमुख उद्धव विष्ट, मेचीनगरका प्रशासकीय अधिकृत महेन्द्र कुमार खाम्यहाङ, स्रोत व्यक्तिहरु लोकबहादुर दाहाल, दिपेन्द्र कन्दङ्वा र आदर्श माविका प्रधानाध्यापक हेमकुमार खड्काले सहजीकरण गरेका थिए । गोष्ठिको उद्घाटन कार्यक्रममा नगरपालिकाका मेयर विमल आचार्य र उपमेयर मिना उप्रेतीले बोलेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…