• देबु बानियाँ
    बाहुनडाँगी । उत्कृष्ट शाखाहरु मध्येको एक व्यासनगर जेसीज दमौलीको २५ औँ पदस्थापन समारोह सम्पन्न भएको छ । सन १९९४ मा पोखरा जेसीजको मातृत्वमा स्थापना भएको यो शाखाले वर्ष २०१९ लाई रजत महोत्सवका रुपमा मनाउने भएको छ । पदस्थापन कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले गरेका थिए ।
    जेसीजको सचिवालयमा सम्पन्न समारोहमा व्यासनगर जेसीजमा लामो समय उत्कृष्ट योगदान गर्ने ४ जना व्यक्तिहरुलाई जेसीज अवकास सम्मानबाट सम्मानित गरिएको थियो । निरन्तर जेसीज अभियानमा सक्रिय भइ जेसीज विधान बमोजिमको अन्तिम समयसम्म क्रियाशिल रहेबापत उनीहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा सन्तोषकुमार श्रेष्ठ, शर्मिला ओझा, शेषराज श्रेष्ठ र पुष्प श्रेष्ठ रहेका छन् । यसैगरी, मातृ शाखा पोखरा जेसीजका १९९४ का अध्यक्ष नारायण शर्मालाई सम्मान गरिएको थियो । उनकै कार्यकालमा व्यासनगर जेसीजले मातृत्व पाएर स्थापना हुने अवसर पाएको उच्च मुल्याङन गर्दै सम्मान गरेको हो ।
    पदस्थापन कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष पविन्द्र भट्टराईले वर्ष २०१९ का अध्यक्ष रमेश गिरीलाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गरेका थिए । यस अघि भएको निर्वाचनबाट अध्यक्षसहित शाखाको कार्यकारीणी उपाध्यक्ष भूपाल आले र कृष्ण सुनार, उपाध्यक्षहरु युवराज भण्डारी, वीरेन्द्र नराल, सोमबहादुर नेपाली र अजर नाहिला सर्वसम्मत निर्वाचित भएका निर्वाचन आयुक्त एव्म पूर्व अध्यक्ष सिनेटर ओमराज श्रेष्ठले बताए । नवनिर्वाचित अध्यक्ष गिरीले महासचिवमा कर्णबहादुर गुरुङ, कोषाध्यक्ष फणिन्द्र घिमिरे र कानुनी सल्लाहकारमा सुमित ढुङ्गानालाई मनोनित गरी सबै पदाधिकारीहरुलाई सामुहिक पदस्थापन गरेका थिए ।

    शाखा अध्यक्ष पविन्द्र भट्टराईको सभापतित्व तथा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विषेश गण्डकी प्रदेशका संसाद सरिता गुरुङ, तनहुँ जिल्ला प्रहरी प्रमुख सिद्धीविक्रम शाह, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर जगतबहादुर पोखरेल, निरुपित राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा, नारायणगढ लेडिककी अध्यक्ष निरु श्रेष्ठ, हेटौँडा लेडी अस्मिता श्रेष्ठ, गोर्खा जेसीजका अध्यक्ष उमेश गुरुङ, लम्जुङ जेसीजका अनुज अधिकारी, शुक्लागण्डकी जेसीजका अध्यक्ष दुर्गा सिग्देल, पोखरा जेसीजका अध्यक्ष शिव सुवेदी र वर्ष २०१९ का अध्यक्ष सन्तोष शाही, पोखरा महिला जेसीजकी अध्यक्ष सन्तु पौडेल, वर्ष २०१९ की अध्यक्ष सपना गिरी, पर्वत जेसीज अध्यक्ष राजन जोशी, म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्मा, नेपाल जेसीजका पूर्व राष्ट्रिय महासचिव अरुणेश्वर खनाल, पूर्व राष्ट्रिय उपाध्यक्ष सुदिपसिंह अधिकारीलगायतको दमौली क्षेत्रका व्यवसायी तथा विभिन्न समाजिक सं३ संस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो । निर्वतमान अध्यक्ष श्रीकृष्ण विजुक्छेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव इन्द्रबहादुर श्रेष्ठले गरेका थिए ।


    जेसीजको मिसन र भिजनलाई आत्मासाथ गर्दै सामाजिक क्षेत्रमा सधैँ क्रियाशील यो शाखा वर्ष २०१८ को अप्रिल महिनामा नेपाल जेसीजबाट उत्कृष्ट शाखा अवार्ड पाउन सफल भएको थियो । यसैगरी पर्वत जेसीजमा भएको क्षेत्र ‘ख’ को क्षेत्रीय सम्मेलनमा ५२ जना सदस्य सहभागि गराएर उत्कृष्ट सहभागि अवार्ड पाएको थियो ।
    वर्ष २०१८ का अध्यक्ष पविन्द्र भट्टराईले आफुलाई एक वर्षसम्म जेसीज अभियानमा साथ र सहयोग गर्ने सबै बोर्डका सदस्यहरु, शाखाका पूर्व अध्यक्षहरु, विभिन्न सहयोगी दाताहरु र विभिन्न व्यक्तिहरुलाई धन्यवाद दिए । उनले आगामी दिनमा समेत निरन्तर जेसीज अभियानमा लागेर शाखाको श्रीबृद्धिका लागि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…