• चितवन, पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाम्पालकोट–१ घर भएका २३ वर्षीय विवेक खनाल र पछाडि बस्ने पाँचपोखरी थाम्पालकोट–४ बस्ने २१ वर्षीय उदित बस्नेत रहेका छन् ।

    प्रहरीका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा६च ३११० नंको बोलेरोले काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०२००३ प ५२१० नंको मोटरसाइकललाई साँझ ५ः२० बजे ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार दुबै जना गम्भीर घाइते भएका थिए । घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा साँझ ६ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक इलाका प्रहरी कार्यालय मुग्लिनमा रहेको प्रहरीले जनाएको छ । ––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…