उर्लाबारी । उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले ‘माघे सङ्क्रान्तिः मकर सङ्क्रान्ति र लिम्बु समुदायको दोस्रो ठूलो चाड कक्फेक्वा तङनाम पर्व २०७५’ का अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।
मेयर फागोले माघे सङ्क्रान्ति र कक्फेक्वा तङनाम को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको हो ।
यस पर्वले हाम्रो समाजका विभिन्न जातजातिबीच आपसी मेलमिलाप अभिबृद्धि गरी सामाजिक एकता सुदृढ बनाउन मद्दत गर्ने विश्वास लिएको मेयर फागोले बताउनुभएको छ ।