• इलाम । गत पुस २५ देखि इलाममा आवरण अनशनमा रहेका प्रा डा गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ । शरीरमा एकदमै बढी समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष (आइसियु) मा राख्न चिकित्सकले सुझाव दिएका छन् ।

    उनको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको सङ्क्रमण देखा परेको र मुटुको चालमा समेत समस्या देखिएको भन्दै चिकित्सकले तत्काल आइसियुमा भर्ना गर्न अनुरोध गरेका छन् ।

    सोमबार साँझ पत्रकार सम्मेलन गर्दै डा केसीको स्वास्थ्य जाँचमा खटिएका चिकित्सक डा विजेन्द्रकुमार साहले डा केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण देखिएको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएकोले सामान्य अवस्थामा राख्न नमिल्ने बताए ।

    इलाममा छैन आइसीयु
    इलाममा आइसीयु छैन भन्दा अचम्म नमाने हुन्छ । यही जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनाल प्रधानमन्त्री बने । सुवास नेम्वाङ सभामुख बने । तर इलाम जिल्ला अस्पतालमा एउटा आइसीयु राख्न सकेनन् ।

    यसको जानकारी डा केसी अनसन बसेपछि हुनुपर्ने दुर्भाग्य नै हो । डा केसीले उठाएका मागमा यो पनि पर्छ । काठमाडौंभर अस्पताल नै अस्पताल तर मोफसलमा औंलामा गन्न सक्ने ठाउँमा मात्र ।

    काठमाडौं लैजाने पहल भएन
    डा केसीलाई काठमाडौं लैजाने पहल हुन सकेको छैन । सरकारी तवरबाट कुनै चासो नदेखाइएपछि कठिन भइरहेको छ ।

    केपी शर्मा ओली नेतृत्वको सरकारले चासो दिइरहेको छैन । संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले यसअघि नै अनसन बस्नु पर्दैन ९५ प्रतिशत माग पूरा भइसके भनेका थिए ।

    त्यसपछि निरन्तर मन्त्रीहरु र सत्ताधारी दलका नेताहरुले शरीर दुखाएको, कष्ट दिएको लगायतका प्रतिक्रिया दिइरहेका छन् ।

    जसले भनिरहेका छन् उनीहरुलाई आफ्नो जिल्लामा कुनै सुविधा नभएकोमा पटक्कै गुनासो छैन । आफूहरु केन्द्रमा बस्लान् तर गाउँका आफ्ना मतदाता जेसुकै गरुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…