• माघ १, काठमाडौं । मधुसूदन रायमाझी, काठमाडौंं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्नकालागि ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।

    महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले उपत्यकालाई प्रविधिको प्रयोग मार्फत अपराधिक क्रियाकलाप नियन्यत्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको बताउनुभयो । उहाँका अनुसार उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा २१ हजार ४ सय ४१ वटा सिसी क्यामेरा आवश्यक रहेको र ती क्षेत्रमा सीसीटिभी जडान गर्ने काम अघि बढेको छ ।

    डिआईजी थापाले भन्नुभयो–समाजलाई सुरक्षित बनाउन प्रहरी रातदिन खटिएका छन । प्रहरीले आधुनिक प्रविधिको प्रयोग मार्फत अपराध नियन्त्रण गर्न सक्छ, उपत्यकाभित्र हाल भइरहेको सिसी क्यामेराको संख्या बढाएर २१ हजार पु¥याइने छ । ’ प्राथमिकतताको आधारमा क्रमश सिसी क्यामेरा थप्दै जाने बताउदै उहाँले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि सिसी क्यामेरा जडान गर्न सहज हुने दावी गर्नुभयो ।

    २१ हजार सिसी क्यामेरा जडान गर्न करिब १५ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको छ । थप सिसी क्यामेरा जडानले अपराध नियन्त्रण गर्न सहज हुने बताउदै प्रमुख थापाले स्थानीय सरकारले जडान गर्ने सिसी क्यामेरा पनि प्रहरीले निगरानी गर्ने बताउनुभयो ।

    उपत्यकामा हाल ५ सय २९ वटा सिसी क्यामेरा सञ्चालनमा छ । उपत्यकाका मुख्य–मुख्य नाका, शहरका मुख्य–मुख्य चोक लगायतको स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । जस मध्ये ४६० सिसी क्यामेरा नियमित रुपमा सञ्चालनमा छन् । सिसी क्यामेराका महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २४ सै घण्टा निगरानी गर्ने गरेको छ ।

    समय–समयमा विजुली जाने समस्याको कारण निगरानीमा समस्या आउने गरेको बताउदै डिआईजी थापाले भन्नुभयो–अहिले घोषित लोडसेडिङ त छैन तर बेलाबेलामा बिजुली जादा निगरानी गर्न समस्या पर्छ ।’ प्रहरीले प्राविधिक कारणले सिसी क्यामेरा विग्रिएको अवस्थामा तत्काल फेर्न सक्ने गरी काम अगाडि बढाएको छ ।

    पुरानो प्रविधिको क्यामेरालाई आधुनिक र नयाँ प्रविधियुक्त सिसी क्यामेरा जडान गर्ने विषयमा पनि गृहकार्य भइरहेको बताउदै प्रमुख थापाले भन्नुभयो–अपराधी पक्राउ गर्न सिसी क्यामेराको महत्व छ ।’ सिसी क्यामेरा मार्फत उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न पनि सहज भएको छ । सडकमा ट्राफिक जामको अवस्थालाई सिसी क्यामेराबाटै निगरानी गरेर कहाँबाट सहज रुपमा खुलाउन सकिन्छ भन्ने विषयमा पनि कन्ट्रोल रुमले निर्देशन दिने गरेको छ ।

    महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले २०६३ सालमा ७५ वटा सिसी टिभी क्यामेराबाट उपत्यका निगरानी गर्न सुरु गरेको थियो । सिटी टिभी क्यामेरा मार्फत उपत्कालाई थप सुरक्षित बनाउन हजारौको संख्यामा सिसी क्यामेरा थप गर्ने योजनामा प्रहरी जुटेको छ । समाचार अन्नपूर्ण पोष्टमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…