• काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइड विमान खरिद प्रकरणमा अर्को झुटो अभिव्यक्ति दिएको खुलासा भएको छ । यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।

    गत साता मन्त्रलयमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतबाट भएको फैसलाका आधारमा रकम भुक्तानी गरेको बताएका थिए । यथार्थमा सम्पूर्ण भुक्तानी भइसकेर दुई वटै विमान आएपछि मात्रै सर्वोच्चको फैसला आएको खुलेको हो ।

    'मैले जिम्मेवारी सम्हानुअघि २०७४ मंसिर ७ गते सर्वोच्च अदालतबाट वाइडवडी खरिद सम्बन्धमा निगमद्वारा प्रकाशित बोलपत्र कानुनको अख्तियारभित्र रही आफ्नो व्यापारिक उद्देश्य पूरा गर्न गरिएको र त्यसमा कुनै कानुनी त्रुटी भए/गरेको नपाइँदा निवेदनको मागबमोजिम आदेश जारी गर्न मिलेन भनी फैसला भएको थियो, पत्रकार सम्मेलनमा अधिकारले भने ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…