• सिन्धुली – रामबहादुर बम्जनसम्बद्ध बाधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ । त्यहाँ धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि बम्जन सार्वजनिक नहुने जनाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

    आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरुमाथि यौन दुव्र्यवहारको आरोप लागेका बम्जन सुरक्षा चुनौतीका कारण सार्वजनिक हुन नखोजेको आयोजकले बताएको छ ।

    आश्रममा हुने पूजामा स्वदेश तथा विदेशका धार्मिक व्यक्तिहरुको उपस्थिति रहने बोधी श्रवण धर्म संघ सिन्धुलीले जनाएको छ ।

    २०६८ असार ९ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक वनमा अस्थायी आश्रम बनाएर बम्जन सिन्धुली आएका थिए । त्यतिबेला उनलाई सहजै भेटिने गरेको स्थानीय बताउँछन् ।

    अचेल बम्जनलाई सहजै भेट्न सकिँदैन । सिन्धुलीका सञ्चारकर्मी पटकपटक जाँदा पनि बम्जनलाई भेट्न नसकिएको जनाइएको छ । उनले मुलुकका उच्च ओहोदामा रहेका व्यक्ति आउँदा भने तुरुन्तै भेट्ने गरेको स्थानीयको दाबी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…