विवेक मिश्र
वेलवारी । मोरङ बेलबारी ११ लक्ष्मीमार्गका सुवास तामाङ वि.स.२०७१ सालमा आफना दुई छोरा छोरी श्रीमतिको अनुहारमा हसिलो पन ल्याउनका लागि विदेश तिर गए । उनि गएर केहि समय काम गरे । साउदिमा हुन्डाई कम्पनिमा लेवरको काम गर्ने सम्झौतामा उनि विदेश गएका हुन । केहि समय काम गरका उनको तलव कम्पनिले बैकमा हालिदियो । तलव लिन सगै काम गर्ने साथि समेत उनहरु सग गए । तलव लिएर फर्कदै गर्दा वाटोमा गाडि दुर्घटनामा पर्यो । वि.स.२०७२ असार २४ गते दुर्घटना भएपछि उनको मृत्यु भएको भनि परिवारमा फोन आयो । साउदिमै रहेका सुवासका आफन्तले उनको शब नेपाल पठाउन पहल गरे १५ दिन नवित्दै उनको शव काठमान्डु आयो । काठमान्डुमा श्रीमति सन्तोषि तामाङ बुबा हर्क वहादुर तामाङले शब लिएर बेलबारीमा आई दाहसस्कार गरे । परिवारमा .स.२०७२ असार २४ गते देखीनै नत दिनमा भोक रातमा निन्द्रा लाग्यो ।
कमउने मान्छेनै वितेपछि तामाङ परिवारमा ब्रजपात पर्यो । सुवास दर्घटना भएको तिन महिना पछि पुन घरमा श्रीमति सन्तोषि तामाङलाई फोन आयो । सुवास दाई जिउदै हुनु हुदो रहेछ अस्पतालमा उपचार हुदै छ भनेर फोन आयो सुवासकि श्रीमति सन्तोषिले भनिन अनुहरमा केहि छिन हासो त थपियो तर दाहसस्कार गरेको शब कस्को हो भन्ने चिन्ता भयो । शव भने कपिलबस्तुका टेकेन्द्र भण्डारीको रहेछ हामीले थाहा पायौ सन्तोषिले भनिन । घटनाको नालिवेलि यसरी सुनाउछन सुवास म नेपालमा रोजगारी नपाएपछि बिदेश गएको हुँ । बिदेको कमाई राम्रो पनि थियो । सुुरुमा ८ सय विराम थियो । कम्पनि पनि राम्रो थियो । मासिक तलव बैकमा आउथियो । एटिएम काड लिएर पैशा लिन हामि एउटै कम्पनिमा काम गर्ने ४ तथा ट्याक्सि ड्राईभर १ जना गरी ५ जना गयौ । सवैले एटियम कार्ड मार्फत तलव निकाल्यौ । भोलिपल्ट घरमा खर्च पठाई दिने भनेर केहि साथि संग समेत सापटि मागियो । रातको करिव १ बजेको थियो होला हामी कोठा तिर आउदै थियौ ।
वटोमा गाडि एक्सिडेन्ट भएछ । एकै चोटि मैले थाहापाँउदा म अस्पतालमा थिए । म अस्पतालमा बसेको ३ महीना भएको रहेछ । अस्पतालमा मृतक टेकेन्द्र भन्डारीको मान्छे भनेर उनका आफन्त आउदा रहेछन । मलाई होस आँउदा मैले मेरो घर भोजपुर कोदाक काउले घर तथा श्रीमतिको नाम भनेछु मलाईनै थाहा छैन । पटक पटक त्यहि कुरा गरे पछि अस्पतालले कम्पनिलाई खबर गरे छ । कम्पनिले मेरो घर परिवारमा खबर गरे छ र पछि मेरा आफन्तहरु मलाई भेट्न गए । तेजेन्द्रका आफन्तले हाम्रो मान्छे होईन भनेर छाडेर गएछन । ५ जना गएकोमा म मात्रै बाचेछु । म ६ महीना अस्पतालमा बसे पछि ठिक भएर पनि कम्पनिमा गएर काम गरे १८ सय बेसिक सम्म कमाई हुन थालेको थियो पछि पुन त्यहि १८ महिना कमाएर घर फर्के । मलाई आफन्तले त घरमा आउनु हुदैन भने र म जन्म थलो भोजपुर कुदाक काउले हाल षडानन्द नगरपालिकामा गँए ।
त्यँहा जाँदा मलाई घरमा पस्न दिएर । गाई वाध्ने गुवालीमा भकारीले बेरेर राखेको रहेछ । म गएर भकारीले बेरेर राखेको ठाँउमा पसे । केहि छिनमा आमा जानु भयो र अइया अइया भनेर कराउनु भयो म छक्क परे मुनि वाट बुबाले के के भो भनेर कराउनु भयो म झन आतिए । केहि छिनमै आमाले छोरो जन्मीयो भनेर भन्नु भयो र नुहाई दिनु भयो । बुबाले पनि अनि मात्रै मलाई हेर्नु भयो । मलाई अनि मात्रै आमा बुुबा तथा गाँउलेले भने मरो भनेर काज क्रिया सकेको मान्छे आउदा पुनर जन्म भएको भनेर गर्नु पर्दो रहेछ ।अइया अइयाभनेर कराउदा म बाचे अब आमालाई के हुन लाग्यो जस्तो लाग्यो । आमाले सुत्केरी ब्यथा लागेको नाटक गर्नु भएको रहेछ । पछि हाम्रो रितिरिवाज अनुसार लामा वोलाएर पुन न्वारन गर्नु पर्छ भने र मेरा न्वारन पनि गरीदए ।
लामाले मेरो नाम स्याङ्च्याङ राखि दिए । अनि मात्रै घर आए । श्रीमति सन्तोसि भन्छिन लास चिन्ने अबस्थामा थिएन श्रीमान वितेको केहि समयमा शव आयो । ससुरा बुवा हर्कवहादुर तामाङ आमा विवा माया तामाङ र म भएर शव एयरपोट वाट बुझेर आयौ र लक्ष्मीमार्गको जग्लमा दाह संसकार गर्यो । शब चिन्न सक्ने अबस्थामा थिएन । शव सग ११ सय विराम आएको थियो । खर्च गरेर काज क्रिर्या गर्यो । ३ महिना पछि श्रीमान जिवित रहेको थाहा पाए । सुवासका १ छोरा र छोरी रहेका छन । उनि अहिले सिटि सफारी कुदाउने गरेका छन । मासिक १० देखी १२ हजार सम्म कमाउने गरेका छन । नेपालमा कमाईनै हुदैन विदेश जाँउ भने पहिलाको सम्झन्छु सुवासले भने तर पहिलाका कुरा सम्झन अझै पनि दिमागले काम गर्दैन ।