• काठमाडौ,१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको संशोधित विधानअनुसार केन्द्रदेखि स्थानीय तहसम्म कार्यक्रम गर्ने गरी खाका ल्याउने तयारी गरेको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि प्रतिपक्षको हैसियतमा पुगेको कांग्रेसले हालै संशोधन गरेको संघीय संरचनाअनुसारको विधानलाई टेकेर केन्द्रदेखि स्थानीय तहसम्म जागरण अभियानको तयारी गरेको हो ।

    कांग्रेसले १० माघका लागि केन्द्रीय समिति बैठकसमेत बोलाएको छ । बैठकले संशोधित विधानअनुसार केन्द्रदेखि स्थानीय तहसम्मका लागि कार्यक्रमसहितको रणनीति बनाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘१० माघमा केन्द्रीय समिति बोलाइएको छ, पार्टीले अब संशोधित विधानअनुसार केन्द्रदेखि स्थानीय तहसम्मको कार्यक्रमको खाका ल्याउँछ,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।

    उनले १० माघको केन्द्रीय समिति बैठकअघि नै पदाधिकारीसहितको शीर्ष नेतृत्वको बैठकले कार्यक्रमको खाका बनाउने र त्यसलाई केन्द्रीय समिति बैठकमा लगिने बताएका हुन् । कांग्रेसभित्र जनताका बीच जाने गरी कार्यक्रम ल्याउन हरेकजसो बैठकमा नेताहरूले पार्टी नेतृत्वसँग आग्रह गर्दै आएका छन् । महासमितिसँगै कांग्रेसले प्रशिक्षण र जागरण अभियान थाल्ने बताएको थियो ।

    कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न किसिमका प्रशिक्षण र जागरण अभियान सञ्चालन गर्ने गरेको छ । हाल नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक उपसभापति विमलेन्द्र निधि छन् । १० गते बस्ने केन्द्रीय समितिले महासमितिबाट पारित विधान र अन्य चार दस्तावेजलाई समेत अनुमोदन गर्ने प्रवक्ता शर्माले जानकारी दिएका हुन् । बैठकले नयाँ सदस्यता वितरण अभियानबारे समेत निर्णय लिने बताएको छ ।

    महासमितिले विधान पारित गरेपछि कांग्रेसले सदस्यता वितरण सुरु गर्न लागेको हो ।कांग्रेसको विधानअनुसार सदस्यता वितरण वडा तहबाटै हुने व्यवस्था छ । वडा समितिले सदस्यताका लागि आवेदन संकलन गर्नेछ । कांग्रेस विधानमा पार्टीको सदस्यता पाएको एक वर्षपछि हुने नवीकरणअनुसार सदस्यतहरू स्वतः क्रियाशील सदस्य हुने व्यवस्था छ ।

    केही दिनअघि मात्रै सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई बूढानीलकण्ठस्थित आफ्नै निवास डाकेर भावी रणनीतिबारे परामर्श गरेका थिए ।(राजधानी दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…