• काठमाडौं, १ माघ । सधैं भ्रष्टाचारका कारण चर्चामा रहेका यातयाात व्यवस्था विभागमा अर्को डरलाग्दो भ्रष्टाचार भएको छ । बिना टेन्डर कमसल लाइसेन्स छाप्न दिएर घोटाला भएको हो ।

    भारतीय कम्पनी मद्रास प्रिन्टर्सले समयमा लाइसेन्स छाप्न नसकेपछि ड्राइभिङ परीक्षा पास गरेका लाखौं सर्वसाधारणले लाइसेन्स पाउन सकेनन् । त्यसपछि विभागले मालिका इन्कापोरेट प्रालिलाई लाइसेन्स छाप्ने जिम्मा दिएको थियो ।

    सो कम्पनीले समयमा लाइसेन्स छाप्न नसकेको भन्दै यो हप्तादेखि छाप्न नदिने निर्णय भएको छ । तर, बास्तविक कारण भने छपाईमा गुणस्तरहीनता भएको स्रोत बताउँछ ।

    सो कम्पनीले थर्मल प्रविधिबाट स्मार्ट लाइसेन्स छाप्दै आएको छ । जून पाँच महिना पनि टिक्दैन । कम्पनीले छापेका कतिपय लाइसेन्स बिग्रन थालेकाले भ्रष्टाचारमा तानिने डरले विभागले अहिले छाप्न नदिएको स्रोत बताउँछ ।

    कतिपय कम्पनीले अत्याधुनिक मेसिनबाट लेजर प्रविधिबाट लाइसेन्स छाप्ने प्रस्ताव राखेपछि कमिसनका आधारमा विभागले मालिकालाई छानेको थियो ।

    प्रति लाइसेन्स १५ रुपैयाँका दरले सो कम्पनीलाई लाखौं लाइसेन्स छपाईको जिम्मेवारी दिइएको थियो । प्रतिस्पर्धा बिना नै लाखौं लाइसेन्स छपाईको काम दिएकाले अख्तियारले यसमा छानबिन थालिसकेको छ ।

    जसकारण विभागका महानिर्देशक लावन्य ढकाल त्रसित भएका छन् । छपाई भइसकेका लाइसेन्स गुणस्तरहीन भएकाले यो प्रकरणमा पनि विभागका कर्मचारी फस्ने निश्चित देखिएको छ ।

    यातयातमन्त्री रघुबीर महासेठले विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई हटाएर ढकाललाई विभागमा लगेका थिए ।

    ढकाल अर्थ मन्त्रालयमा हुँदा भैरहवा भन्सारदेखि विभिन्न आकर्षक भन्सारमा बसेर भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाउनेभित्र पर्दछन्, दृष्टिमा उल्लेख छ ।

    यसअघि मद्रससँग भएको सम्झौता र इम्बोस्ड नम्बरप्लेटमा भएको अनियमितताको समेत अख्तियारले छानबिन गरिरहेको स्रोत बताउँछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…