काठमाडौं । मगर समुदायको प्रमुख सांस्कृतिक चाड ‘माघे सक्रान्ति’ मगर समुदायले भव्य रुपमा मनाउँदै छन् । नेपाल मगर संघ केन्द्रीय समितिले सोमबार र मंगलबारका दिन दुई दिन टुंडिखेलमा माघे सक्रान्ति भव्य रुपमा मनाइरहेका छन् ।
नयाँ वर्षको शुरुवातका रुपमा माघे सक्रान्ति पर्व मगर समुदायले मनाउने गरेका छन् । यस अबसरमा मौलिक साँस्कृतिक प्रदर्शनी कार्यक्रमको समुद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने बताइएको छ ।
कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक मगर खाना तथा पोशाकहरुको प्रर्दशनी गरिएको छ । मंगलबार मौलिक झाँकीसहित १० बजे भृकुटी मण्डपबाट र्याली सुरु हुने छ । माघे सक्रान्ति चाड विशेष गरी चेलीकोे पर्वको रुपमा मनाइन्छ ।
नयाँयामको सुरुवात यसै दिनदेखि उभौली सुरु भई साउने सक्रान्तिमा समापन भई सोही दिनदेखि उधौली सुरु हुने प्रचलन छ । यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पूmल लिएर घरको धूरी खाबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं ,पाटीको फुल लगाई दक्षिणा अनि आशिर्वाद दिने चलन छ ।
माघे सकरातीको दिन छोरी चेलीहरुलाई मिस्रा अर्थात् (उपहार) दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ ।
मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचडी, घिउको परिकार बनाइएको परिकार हो । यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गरिन्छ ।
साँस्कृतिक हिसाबले यस चाड देखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेशीबाट लेक तिर बसाई सर्ने गरिन्छ । मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ ।
नेपालको सबै जिल्लाहरुमा बसोबास रहेको राष्ट्रिय आदिवासी जनजाति “मगर” समुदाय भित्र पनि साँस्कृति, भाषिक र सामाजिक विविधता रहेको भन्दै मौलिक साँस्कृतिक रुपले मगरहरुले माघेसकराती, भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व सबैले मनाउने गर्दै आएका छन् ।
भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगरढुट), अठारमगरात (मगरखाम÷पाङ) र मगरकाइके बोल्ने गर्दछन् । मौलिक कला–साँस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु, टप्पा, सरङ्या, झ्याम्रे, यानीमाया, फाँङ्क आदि नाँचगान प्रचलित छन् ।