• उर्लाबारी — पेसाले सिकर्मी उत्तरी मोरङको लेटाङ २ कमलपुरका मनिहर्क राईको साइकल चोरी भयो । २४ वर्षअघि ९ सय ७५ रुपैयाँमा किनेको साइकल चोरिएपछि अनौठो जुक्ति आयो । कापीमा नक्सा कोरे । अनि उनले सात महिना लगाए काठको साइकल बनाए । टायर(ट्युब, चेन र बे्रक मात्र पुरानोको, बाँकी सबै थोक काठको भएको साइकल देख्नेहरूले अचम्म माने ।

    २०४४ सालमा लेटाङ खानेपानीको कार्यक्रममा तत्कालीन राजारानी वीरेन्द्र,ऐश्वर्य आएका थिए । आयोजकको अनुरोधमा उनले काठको साइकल चलाएर देखाउँदा एक हजार रुपैयाँ बक्सिस पनि हात पारेका थिए । मनिहर्कलाई वैदेशिक रोजगारीमा जाने लर्कोले भेट्यो । साइकल थन्क्याएर खाडीतर्फ लागे ।

    ११ वर्षपछि फिरेका उनी अहिले पुन त्यो काठको साइकल मर्मत गरिरहेका छन् । उनलाई यो साइकल संग्रहालयमा राख्न पनि मन छ । भन्छन्,’अब ब्याट्रीले चल्ने बनाउन कस्सिएको छु ।’

    https://www.youtube.com/watch?v=hyG4GZU5FnQ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…