• विवेक मिश्र

    दुर्घटना दिनहु सुनिने समाचार मध्ये एक हो । हिजो आज ‘सडक दुर्घटनामा मृत्यु’ शिर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साघुरो राजमार्गमा सवारी साधनको चाप त्यस माथि पैदल यात्रु र सडकमा बसेका चौपाय पशु ! धन्न कुदाउछन् नेपाली राजमार्गमा सावारी साधन । पुर्वी नेपाल अर्थात एक नम्वर प्रदेश सवारी साधन दुर्घटनाको उच्च जोखिममा देखिन्छ । प्रदेश एकको तथ्याङ्क हेर्दा वार्षिक दुर्घटना बढ्दो क्रममा छ । प्रदेश एकको आर्थिक वर्ष २०७३÷०७४ मा कुल दुर्घटना संख्या १,३९८(सवारी साधन) जसमध्ये ३५० को मृत्यु र २,६२० घाईते भएको देखिन्छ, आर्थिक वर्ष ०७४÷०७५ को तथ्याङ्कमा कुल दुर्घटना संख्या १,२७९ (सवारी साधन) जसमध्ये ४२४ को मृत्यु र २,०७२ घाईते रहेका छन् त्यसैगरी यस आर्थीक वर्षको मंसिर मसान्त सम्ममा कुल दुर्घटना संख्या ५५५(सवारी साधन) जसमध्ये १३५ को मृत्यु र १,०३६ रहेको देखिन्छ ।


    यसै आर्थीक वर्षको तथ्याङ्कलाई आधार मानेर मृत्य हुनेको संख्या हेर्दा श्रावणमा २० जना , भदैमा १९ जना, असोजमा २५ जना, कात्तिकमा ३२ जना र मंसिरमा ३९ जना रहेको देखिन्छ । तथ्याङ्कलाई आधार मान्दा एक नम्बर प्रदेशमा महिनै पिच्छे सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ । केहि दिन देखि ट्राफिक प्रहरीले अभियानै चलाएको छ “दुर्घटना घटाऔ, मान्छे बचाऔ” । जस अभियान अन्तर्गत दुर्घटना न्युनिकरण गर्नका लागी स्थानिय तह र सरोकारवालाहरु संग समन्वय गरी सडक अतिक्रमण हटाउने, पार्किङ व्यवस्थीत गर्ने, फुटपाथ हटाउने, ट्राफिक संकेत राख्ने, छाडा चौपाय नियन्त्रण गर्ने, बस स्टप व्यवस्थित गर्ने, जेब्राक्रस निमार्ण गर्ने लगायतका सचेतनामुलक कार्यक्रमरु सञ्चालन गर्ने क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ । त्यसैगरी सार्वजनिक सवारीका चालकहरुलाई ‘रिफ्रेसमेन्ट सेन्टर’ समेत सञ्चालन गरेको छ । जस अन्तर्गत धनकुटाको भेडेटार, इलामको रोङ गाँउपालीका र ओखलढुंगाको मानेभन्ज्याङेग मा सञ्चालनमा आएका छन् । टिफरको ठक्कर बाट हुने क्षती तुलनात्मक रुपमा अन्य सवारीको भन्दा ठुलो हुने गरेको ट्राफिक प्रहरीको बुझाई छ ।


    त्यसैलाई मध्यनजर गरेर यहि पौष १ गते देखि विहान साढे नौँ बजे देखि साढे दश बजे सम्म र दिउसो साढे तिन बजे देखि साढे चार बजे सम्म राजमार्गमा टिफर सञ्चालनमा रोक लगाएको छ । सवारी आवागमनलाइृ व्यवस्थित ढंगबाट सुचारु रुपमा सञ्चालन गरी सडक सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन तथा ट्राफिक नियम सम्बन्धी चेतना आम सडक प्रयोगकर्तामा प्रवाह गरी दुर्घटना न्युनिकरण एवं धनजनको क्षतिमा कमि ल्याउन विभिन्न स्थानमा चेक प्वाइन्ट संचालन गरेको छ । त्यसैगरी तिव्र गति नियन्त्रणमा राडन गनको प्रयोग प्रभावकारी बन्दै गइरहको क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीका निमित्त प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए । प्रसाईका अनुसार तिब्र गतिका कारण हुने सवारी दुर्घटना न्युनिकरणका लागी यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा तोकिए अनुसारको गति भन्दा बढी गतिमा संचालन भएका सवारी साधनहरुलाई राडर गनको सहायताले व्यापक चेक जाँच गरी तिव्र गति नियन्त्रण गर्ने बताए । ठुलो सवारीको तुलनामा सानो सवारी अर्थात मोटरसाईकल बढि दुर्घटनाको सिकार हुने गरेका छन् ।



    राजमार्ग यात्राका क्रममा चालक संगसंगै यात्रु पनि उत्तिकै आतंकित छन् । सडक दोषि कि सवारी नियमित रुपमा बढ्दो क्रममा रहेको सवारी दुर्घटनामा प्राय सवारी नै दोषि हुने गरेको पाईएको छ । पुर्वी नेपालकै कुरा गर्ने हो भने पनि दिनहु २–४ ठाँउमा सवारी दुर्घटना हुने गरेको छ । आखिर सवारी दुर्घटना किन बढिरहेको छ ? बढ्दो सवारी दुर्घटनामा सवारी दोषि कि सडक ? कसरी न्युनीकरण गर्ने ? हाल एक नम्वर प्रदेशमा १९८ जना ट्राफिक प्रहरीको दरवन्दी रहेको छ । ६ हजार ५५ किलोमिटर सडकमा यति थोरै संख्याको ट्राफिक प्रहरी सवारी साधन चेक जाँचको लागी पर्याप्त छैन । यो तथ्याङ्कलाई आधार मान्दा एक जना ट्राफिक प्रहरीले ३० किलोमिटर सडक र २ हजार ९ सय ३३ सवारी साधनको निग्रानी गर्नुपर्छ । विगत दश बर्ष देखी हर्ने हो भने गुणात्मक रुपले सवारी चाप बढिरहेको छ तर राजमार्गको चौडाई बढ्न सकेको छैन, अझ बस्ती क्षेत्रतिर गएर हेर्दा बिस्कुन सुकाउने देखी बालबालीका खेल्ने ठाँउ सम्म भेएको छ सडक । कालोपत्रे भएको बर्ष बित्न नपाउदै खाल्डै खाल्डा भएका सडकहरु पनि प्रसस्तै भटिन्छन । राजमार्गमा ठुला सवारीको आतंक बेग्लै छ, साना साधन कुदाउदा जोगीनै हम्मे हम्मे पर्छ ।


    सवारी साधनको समय समयमा चेक जा“च गर्न भ्याईदैन । लाईसेन्स भनेको ट्राफिक लाई देखाउन मात्र हो, म जति जान्ने को छ ? जस्ता हाम्रा आफ्नै लापरवाहिले गर्दा पनि सवारी दुर्घटना दिन प्रतिदिन बढिरहेको छ । विगतको तुलनामा ठाँउ ठाँउमा प्रहरी चेक पोष्ट तथा सवारी साधन चेक जाँचका लागी कडाई पुर्वक सडकमा खटिएर रहेका ट्रफिक प्रहरीको निग्रानीका कारण सार्वजनिक यातायात सम्बद्ध व्यक्तिहरु पनि केहि संवेदनसिल भएको हो कि जस्तो समान्य महसुस भएको छ तर यो पर्याप्त भएन । सार्वजनिक यातायात व्यवसायीले सिट क्षमता भन्दा बढि चढाउछन भने यात्रु पनी गाडिको सबै कुनामा अटुन्जेल चढ्ने कोसिस गर्छन् । कतिपय चालक पनि लापर्वाहिक पुर्वक सवारी कुदाउछन् जसको कारण सर्वसाधारण यात्रुहरुले अकालमा ज्यान गुमाउनु परेको छ । यसको सहि अनुगमन र नियन्त्रण टा«फिक प्रहरी र अन्य जीम्मेवार निकायले समय देखीनै गर्न नसके फेरी पनि दुर्घटना निम्तन सक्छ । पहाडि राजमार्गमा भन्दा तराई राजमार्गमा सार्वजनिक सवारीमा कम निग्रानी भएको छ । तराई राजमार्गमा संख्यामा धेरै टा«फिक प्रहरी भएतापनि लाईसेन्स र ब्लुबुक चेक गर्ने काम भन्दा अरु पक्ष कमजोर देखीन्छ । सवारी दुर्घटना हुनुका थुप्रै कारणहरु छन् जस्तै मुख्यतया सवारी लापरर्वाहि पुर्वक कुदाउनुनै हो तर कहिलेकाही आफु सचेत हुदाहुदै पनि सवारी दुर्घटनामा पर्ने गरेका छन् चालकहरु जस्तै सडक आसपासमा सुकेका रुखहरु, चौपाय पशुहरु र पैदल यात्रुहरुको कारणले ।



    ठुला गाडिहरुको कम्पिटिसनले गर्दा साना गाडिहरु कुनै बेला सडक किनार बाट भाग्नु पर्ने बाध्यता छ त कहिले यात्रु उत्री नसकि हतार गरेर कुदाउनाले पनि यात्रुहरु दुर्घटना पर्ने गरेको छन । कहिलेकाहि यसरी छाडिएका पशुहरु सडक छेकेर बसेका हुन्छन त कहिले सवारी साधनलाईनै हान्न आउछन । वन कार्यलय तथा सडक बिभागलाई थाहा भएर हो या नभएर हो सडक किनारका रुखहरु काट्ने गरेको पाईएको छैन । त्यस्तै हिजोआज सडकमा गुड्ने ठुला सवारी साधनले सडकमा गाडि बिग्रदा पोखिएको मोबिलमा चिप्लीएर र ओट लगाउन राखेको ढुंगामा ठोकिएर समेत थुप्रै दुर्घटना भईरहेका छन् । बिग्रीएको सवारी साधन बनाई सके पश्चात त्यो सडकमा पोखीएको चिप्लो मोबिल सफा गर्ने बानिको बिकास गर्न जरुरी छ । सरकारका जिम्मेवार निकायहरुमा केहि सकारात्मक तत्परता र लगनसिलता आवश्यक देखीएको छ र जबसम्म यातायात सम्बद्ध संस्थाहरुले यात्रुहरुको सुरक्षा तथा दुर्घटना रहित यात्राको लागी आत्मादेखी जीम्मेवारी बोध गर्दैनन् तब सम्म नियमहरुको परिपालनमा टा«फिक प्रहरीको कडाई आवश्यक देखिन्छ ।


























सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…