• उर्लाबारी, १ माघ/लिम्बु समुदायको दोस्रो ठूलो चाड कक्फेक्वा तङनाम मंगलबार मोरङको उर्लाबारीमा धान नाचेर मनाइएको छ ।
    उर्लाबारी–७ स्कुलडाँडास्थित राधिका माध्यमिक विद्यालयमा सहभागीहरुले धान नाचेर कक्फेक्वा तङनाम समापन गरेका थिए । लिम्बु संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित कार्यक्रमको अन्त्य तिर सहभागीहरुले धान नाचेर रमाइलो गरेका थिए ।
    कार्यक्रममा उर्लाबारी–१ का याक्थुङ कलाकारहरुले च्याब्रुङ नाच प्रदर्शन गरेका थिए । उनीहरुले लिम्बु भाषा र नेपाली भाषाका गीतमा समेत नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा निश्चल राईले गीत गाएर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।


    त्यस अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सबै भाषा, लिपि, संस्कार र संस्कृति राष्ट्रको सम्पति भएको बताउँदै त्यसको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिए ।
    किरात याक्थुङ चुम्लुङ नगर शाखाका अध्यक्ष चन्द्र पालुङ्वाको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी जयधर्म आचार्य, केशव कार्की, सुवास सापकोटा, मेजर मानबहादुर राई, मानबहादुर फागो, दिलु लिङदेन, बलबहादुर घिसिङ, बालचन्द्र सुब्बा, गङ्गाप्रसाद चापागाईलगायतले ऐतिहासिक कालदेखि नै मनाउँदै आएको हरेक चाडपर्व, संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन् । चुम्लुङका नगर सचिव अमर सेलिङले सञ्चालन गरेको सो कार्यक्रममा प्रदेश कोषाध्यक्ष विमला पालुङ्वाले कक्फेक्वा तङनाम बारे प्रकाश पारेकी थिइन् ।
    कार्यक्रमका अतिथिहरुलाई वन तरुलको टिका लगाएर स्वागत गरिएको थियो । अतिथिहरुलाई सिमल तरुल, घर तरुल, सुँगुरको मासु, कुखुराको मासु, सेल रोटी र फलफुल खान दिइएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…