• धनगढी, १ माघ

    क्यामरुनको दाउफिन्स एफसी फुटबल क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै सिएमजी क्लब सङ्कटा सेमिफाइनलमा प्रवेश गरेको छ ।

    धनगढी रङ्गशालामा आयोजित तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपको आज भएको खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालले दिएको पासमा एलोन म्याक्सवेलले गोल गर्दै सङ्कटालाई अग्रता दिलाए । खेलको १२औँ मिनेटमा लक्ष्मण रुचालले गरेको प्रहारलाई विपक्षी दाउफिन्सका गोलरक्षक गुर्लाउन्सले रोकेका थिए ।

    पहिलो हाफको इञ्जुरी समयमा दाउफिन्सका कप्तानले पेनाल्टी क्षेत्र बाहिरवाट गरेको प्रहार असफल रह्यो । दोस्रो हाफमा दाउफिन्सले खेल बराबरी गर्ने सुनौलो मौका पाए पनि गोल गर्नबाट चुकेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सङ्कटाका कप्तान रवि सिलवाल ‘म्यान अफ दी म्याच’ बन्दै रु १० हजार पुरस्कर प्राप्त गर्नुभयो ।

    सङ्कटा र नेपाल पुलिस क्लबबीच अब बिहीबार सेमिफाइनल प्रतिस्पर्धा हुने जनाइएको छ । पराजित टोलीका प्रशिक्षक आशिक थापामगरले लामो यात्रा तय गर्नु परेको कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिनुभयो ।

    सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीले आफ्नो रणनीतिअनुसार खेलेकाले सफलता मिलेको बताउनुभयो । रुस्लान थ्री स्टार क्लब र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच बुधबार सेमिफाइनल प्रतिस्पर्धा हुन लागेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…