काठमाडौं । मोरङ कानेपोखरीका समाजसेवी देवेन्द्र लुईटेलले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सुधारको माग सहित इलाममा १६ औँ पटक अनसनरत सत्याग्रही प्रा. डा.गोविन्द केसीलाई मंगलबार भेटी उहाँको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्दै डा. केसीले थाल्नुभएको सत्याग्रहप्रति ऐक्यवद्धता प्रकट गर्नुभएको छ । समाजसेवी लुईटेल सहित उहाँका गाउँका युवाहरु डाक्टर केसीलाई भेट्न ईलाम पुग्नुभएको थियो ।
राज्यको हितमा अनसन बस्नुभएका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको प्रति उहाँले चिन्ता प्रकट गर्दै सरकार गम्भिर हुनु पर्ने चिन्ताप्रकट गर्नुभयो ।