• झापा । विवेकशिल साझा पार्टी प्रदेश नम्बर १ को संयोजकमा झापा धुलावारीका अनिल भेटवाललाई चयन गरेको छ ।
    सोमवार पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले भेटवाललाई प्रदेश नम्बर १ को संयोजकमा चयन गरेको हो । उनलाई पार्टीका केन्द्रीय संयोजक रविन्द्र समश्रले प्रदेश संयोजक र केन्द्रीय सदस्यमा चयन गरेका हुन् । भेटवाल धुलावारी जेसीजका पूर्व अध्यक्ष र नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष हुन् । सन १९९५ मा २९ वर्षको उमेरमा राष्ट्रिय अध्यक्ष भएका भेटवाल नेपाल जेसीज र अन्तराष्ट्रिय जेसीज इतिहासमा सबै भन्दा कान्छो उमेरका राष्ट्रिय अध्यक्ष हुन् । उनले बनाएको यो रेकर्डलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन ।
    पञ्चायत कालदेखि नै बामपन्थी राजनीतिमा लागेको भेटवाल २०४९ सालमा तत्कालिन धुलावारी गाविसमा एमालेबाट अध्यक्ष पदका प्रत्यासी थिए । भेटवाल २०५६ सालदेखि कम्युनिष्ट राजनीतिमा निष्क्रिय थिए । करिब २० वर्ष राजनीतिबाट टाढा भसेका उनी ८ महिना अघिदेखि रबिन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीसँग नजिक थिए । भेटवालसँग नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्षहरु प्रदेश संयोजकमा ३ जना भए । यस अघि प्रदेश नम्बर ५ को संयोजकमा पूर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैजु र कर्णाली प्रदेशको संयोजकमा गहेन्द्र दाहाललाई मनोनित गरिसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…