•  

    काठमाडौ,२ माघ । भूकम्पको जोखिमबाट बच्नको लागि अपनाउनुपर्ने सुरक्षा सर्तकर्ता सम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर आज २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै छ । १९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पबारे जनचेतना जगाउन यो दिवस मनाउन थालेकै बीचमा २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पले ९ हजार मानिसको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

    आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । अझै पनि कतिपय पीडितको बास बनेको छैन । भूकम्पपछिको पुनःनिर्माणका लागि पुनःनिर्माण प्राधिकरण गठन गरिएको छ । प्राधिकरणमा पटकपटक राजनीतिकरण हुँदा लामो समयसम्म पनि पुनर्निर्माणको काम सम्पन्न भएको छैन । भूकम्प गएको तीन वर्ष हुन लाग्दा पनि भूकम्प प्रभावितलाई दिइने भनिएको अनुदान रकम सबैमा पुगेको छैन । सुस्त र गतिहीन प्रशासन एवं राजनीतिकरणले पुनर्निर्माणको काम प्रभावित बनेको हो ।

    नेपालमा विभिन्न समयमा गएका ठूलासाना थुप्रै भूकम्पले जनधनमा ठूलो क्षति पुर्याएको छ । भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा नेपाल अनि आसपासका क्षेत्रमा विध्वंशात्मक रुपमा आईरहेको छ । १९९० सालको भुकम्पबाट लथालिङ्ग र भताभुङ्ग भएको नेपाल र नेपाली तंग्रिन नपाउँदै २०७२ सालमा नेपालीले पुनः एकपटक महाविनाशकारी भूकम्पको सामना गर्नुपर्यो ।

    भूकम्प एउटा प्राकृतिक प्रकोप हो र यसलाई रोक्न नसकेपनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट न्यूनिकरण गर्न भने सकिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…