• काठमाडौ,२ माघ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद आजबाट सकिँदै छ । तर, म्याद थप गर्ने आधिकारिक निकाय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक माघ १० गतेमात्र बोलाइएकाले अध्यक्ष नैनसिंह महर नेतृत्वको समितिको वैधतामा प्रश्न उठ्ने निश्चित देखिएको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १० माघका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा मात्रै नेविसंघको विषयमा छलफल हुने जानकारी दिए । अब कसरी अगाडी बढ्ने भन्ने विषयमा माघ १० गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले निर्णय गर्ने कांग्रेस प्रवक्ता शर्माले बताए ।

    नेविसंघका अध्यक्ष नैनसिंह महरले केन्द्रीय कार्यसमितिबाट तीनपटक निर्णय गराएर १२ औँ महाधिवेशनको मिति तोके पनि हुन सकेन । महरले पहिलोपटक गत साउन २३ देखि २५ गतेसम्म, दोस्रोपटक कात्तिक १६ देखि १८ गतेसम्म र तेस्रोपटक पुस २८ देखि ३० गतेसम्म महाधिवेशनको मिति तय भएको थियो । तर, अहिलेसम्म क्याम्पस, स्थानीय तह, जिल्ला र प्रदेशमै अधिवेशन गर्न बाँकी छ । अहिलेसम्म ७७ जिल्लामध्ये १५ जिल्लाको मात्रै अधिवेशन सकिएको छ ।

    उपत्यकाभित्रका कुनै पनि क्याम्पसको अधिवेशन हुन सकेको छैन् । नेविसंघ केन्द्रीय कार्यसमितिको दुईवर्षे कार्यकाल गत भदौमै समाप्त भएको थियो । त्यसपछि विधानअनुसार एकपटकका लागि तीन महिना म्याद थप गरेर २ मंसिरसम्म पु¥याइएको थियो । उक्त समयमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको १ मंसिरमा बसेको बैठकले विधान संशोधन गरी थप दुई महिना कार्यकाल लम्ब्याएको थियो ।

    यसैबीच, उपाध्यक्षहरू पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले २७ पुसमा सभापति देउवालाई राजीनामा बुझाएका थिए । यता, सहमहामन्त्री हरिहर शर्मा नेतृत्वमा ४५ सदस्यीय टोलीले आइतबार नेता रामचन्द्र पौडेललाई राजीनामा बुझायो । नेविसंघमा पदाधिकारी वा केन्द्रीय सदस्यले अध्यक्षलाई राजीनामा बुझाउनुपर्ने प्रावधान छ । तर, विधानविपरीत पदाधिकारीहरूले देउवा र पौडेललाई राजीनामा बुझाएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…