• इलाम । इलाममा अनसनरत सत्याग्रही प्राडा गोविन्द केसीको समाचार लेखेकोप्रति बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईँले पत्रकारलाई धम्की दिएका छन् । गोविन्द केसीका माग पूरा हुँदा आफूलाई असर पर्ने भएपछि उनले पत्रकारलाई धम्क्याएका हुन् ।

    पूर्वाधार नपुगीकनै अस्पताल संचालन गर्न नपाउने लगायतका विषय समेटेर डा केसी १६ औं चरणको आमरण अनसनमा छन् ।

    सोही समाचारलाई प्राथमिकता दिएर समाचार बनाएपछि असन्तुष्ट प्रसाईँले कान्तिपुर दैनिकका संवाददाता तथा नेपाल प्रेस युनियन इलामका अध्यक्ष विप्लब भट्टराईलगायतका पत्रकारलाई धम्काएका हुन् ।

    बीएण्डसी अस्पतालका तर्फबाट डा केसीलाई भेट्न आएका चैतन्य मैनालीका बारेमा पत्रकारले टेलिफोनमार्फत सञ्चालक प्रसाईंसँग बुझ्न खोज्दा अपशब्द बोल्दै अपमान गरेको बताइएको छ ।

    विप्लव भट्टराई यसो भन्छन् –‘डा केसीको मुद्धाहरु उठाउँदा उनीहरुलाई असर पर्ने भएपछि समाचार लेखेबापत थर्काइएको हो । उनीहरुको भनाइमा अर्को अनसन बसेको नलेख्ने अनि केसीका कुरामात्रै लेख्ने भनेर धम्काइएको हो ।’

    पत्रकार धम्क्याएकोप्रति नेपाल पत्रकार महासंघ इलाम र प्रेस युनियन इलाम शाखाले प्रेस विज्ञप्ति निकाल्दै आपत्ति प्रकट गरेको छ । महासंघ र युनियनले पत्रकार धम्क्याउने प्रसाईँलाई कार्वाहीको माग गरेको छ ।

    महासंघकी अध्यक्ष कोकिला ढकाल र युनियन सचिव टीका खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रसाईँको अभिव्यक्ति प्रेसमाथि धावा बोलेको उल्लेख गरिएको छ ।

    पत्रकारमाथि गरिएको हर्कतप्रति प्रसाईँलाई कारबाही गर्न प्रशासनसँग माग गरिएको छ ।

    बीएण्डसी अस्पताल बचाउने नाममा प्रसाईँले पटक पटक संचारकर्मीमाथि अपशब्द बोल्नेमात्र होइन धम्क्याउने काम गरेका छन् ।

    उनकै लहलहैमा लागेर तत्कालीन गृहमन्त्री शेरबहादुर तामाङले पदबाटै हात धुनुपरेको थियो । बंगलादेशमा नेपाली महिला विद्यार्थीले डिग्री ल्याउन यौन सम्झौता गर्नुपर्ने आरोप तामाङले लगाएका थिए । त्यो भाषा प्रसाईँकै रहेको बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…