• इलाम, २ माघ : नेपाल प्रेस युनियन इलाम शाखाले झापाको बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई कारबाहीको माग राख्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । इलामका पत्रकारहरुलाई धम्क्याएर फोन गरेका प्रसाईलाई कारबाही गर्न माग गरिएको शाखा सचिव टीका खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । पत्रकारले स्वतन्त्र पूर्वक काम गर्न माग गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘डा केसीका बारेमा समाचार आएका कारण प्रसाईले कान्तिपुरका संवाददातालगायतलाई फोनमार्पmत धम्क्याएका हुन् ।’ डा केसीका माग पुरा हुँदै गर्दा बीएण्डसीले टिचिङ अस्पतालको मान्यता नपाउने भएकाले प्रसाई डा केसीका विपक्षमा रहेको देखिएको छ ।

    प्रसाईले नै डा केसीको विरुद्धमा विजय थापा नाम गरेका ब्यक्तिलाई अनसनका लागि इलाममा पठाएको चर्चा यत्रतत्र छ । १२ देखि १५ जना ब्यक्तिहरुसहित इलाममा आएका थापा तन्नाले बेरेर चोकबजारस्थित लाँकुरी चौतारोमा अनसनमा थिए । उनलाई तिनै ब्यक्तिहरुले घेरा हालेर बस्ने गरेका थिए । थापाको मागको विषयमा अहिलेसम्म कहिँ कतै बौद्धिक रुपमा चर्चा आएको छैन । उनी कुन कारणले अनसन बसेका हुन भन्ने मूल तथ्य खोज्न खोज्दा उनको मूल माग केसीप्रति नै देखिन्छ । केसी सरकारी जागिरे भएको र सरकारी तलब खाएर सरकारबिरुद्ध आन्दोलन गर्नेलाई कारबाही नभएसम्म आपूm अनसन बस्ने थापाले जनाउँदै गर्दा उनी बिएण्डसीका सञ्चालक प्रसाइँकै निर्देशनमा अनसन बसेको शङ्का यत्रतत्र चर्चामा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…