• काठमाडौं । युवापुस्तालाई लक्षित गर्दै सुरुवात गरिएको लोकप्रिय वेभ सेरिज ‘माइ वेष्ट फ्रेन्ड’को इन्ड क्लाप सेरेमोनी सम्पन्न गरिएको छ । सोमबार झापाको विर्तामोडमा अवस्थित होटल हेभनमा सो नेपाली वेभ सेरिजको भब्य रुपमा इन्ड क्लाप सेरेमोनीको गरिएको हो । युट्युव च्यानल साकेवा मुभिजबाट उक्त सेरिज पच्चिस भागसम्म प्रशारण गरिएको थियो ।
    समापन कार्यक्रममा साकेवा मुभिजका संस्थापक ज्योतिराज राईको प्रमुख आतिथ्यमा सम्पूर्ण कलाकार र निर्माण टोलीलाई प्रसंशा पत्र वितरण गरिएको थियो । राईले स्थानीय स्तरमा पनि रहेका कलाकारहरुको पहिचानलाई स्थापित गराउन सो वेव सेरिज निर्माण गरिएको जनाए । युटु्यवमा २५ एपीसोड सम्म सो सिरिजको निर्माता रमु श्रेष्ठ राई तथा निर्देशन किरण राईले सम्हालेका थिए ।

    द इस्टर्न मिडियाले निर्माण गरेको सिरिज पूर्वकै लामो सिरिजमा कलाकारहरु भूवनसिंह राई, रोस्मिता श्रेष्ठ, सागर थापा मगर, सारा राई, प्रयास घिमिरे, सलिना गुरुङ, सुरेश राई, मेघा लिम्वु, स्मृति पोख्रेल, विवेश विष्ट, अनुप राई, रमेश बुढाथोकी आदिको अभिनय गरेका थिए । निर्देशक किरण राईको कथा, प्रयास घिमिरे र भुवनसिंह राईको पटकथा रहेको थियो । छायांकन, सम्पादन र निर्देशन किरण राईले नै सम्हालेका थिए । युवा पुस्तामा लोकप्रिय उक्त वेव सेरिज भविष्यमा पुनः अर्को रुपमा निर्माण गर्ने निर्माता रमु श्रेष्ठ राईले जानकारी गराए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…