• धरान, २ माघ । आठ दिनदेखि अनसनरत डा.गोविन्द केसीको उपचारका लागि भेन्टिलेटरसहित विशेषज्ञ चिकित्सकको टोली इलाम प्रस्थान गरेको छ ।

    धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट भेन्टिलेटरसहित विशेषज्ञ चिकित्सकको टोली इलाम प्रस्थान गरेको हो । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा विशेषज्ञ टोली इलाम गएको जनाएको छ ।

    आठ दिनदेखि अनसनरत डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनको इलामस्थित जिल्ला अस्पतालमा सारिएको छ । उनलाई आइसीयूमा राख्नु पर्ने चिकित्सकहरुले बताएका छन् । इलाम जिल्ला अस्पतालमा भने आईसीयू छैन ।

    त्यसैले चिकित्सकको टोली आवश्यक उपकरणसहित बुधबार दिउसो धरानबाट इलाम प्रस्थान गरेको हो ।

    डा. विकास शाहको नेतृत्वमा कार्डियोलोजी विभागका डा. प्रशान्त शाह, इमर्जेन्सी विभागका डा. अजय यादव, मेडिसिन आईसीयूका डा. सविन भण्डारीसहित ल्याव टेक्नीसियन, नर्ससहितको टोली एम्बुलेन्समा इलाम लागेको हो । टोलील पोर्टेवल भेन्टिलेटर, इसिजी, एडीवी मेसिन, पल्सअक्सिमेट्री, आकस्मिक उपचारमा चाहिने औषधिलगायतका सामाग्री बोकेको छ ।

    डा.केसीको फोक्सोमा समस्या देखिएको छ । त्यस्तै, मुटुको गति कम हुँदै गएको छ भने रोगसँग लड्न क्षमता पनि कम भएको जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…