• बाहुनडाँगी, २ माघ । धुलावारी जेसीजको ३९ अँैँ पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह बुधवार सम्पन्न भएको छ । पासाङ स्मृति जेसीज प्रतिष्ठानमा सम्पन्न समारोहमा विभिन्न विधाका पुरस्कार तथा अवार्डहरु वितरण गरिएको थियो ।
    शाखामा उत्कृष्ट कार्य गर्ने सदस्यहरु मार्फत प्रदान गरिने धुलावारी जेसीजका पूर्व अध्यक्ष दिनेश शाक्याद्धारा स्थापित निशान्त अवार्डबाट डिल्लीराम भण्डारी, पूर्व अध्यक्ष पन्नालाल जैनद्धारा स्थापित रावभ अवार्डबाट राजिप पसाई र संस्थापक अध्यक्ष हरिषचन्द्र श्रेष्ठद्धारा स्थापित विर अवार्डबाट गगन ढकालललाई सम्मान गरिएको छ । 
    यसैगरी, हरिषचन्द्र स्मृति छात्राबृद्धिबाट कक्षा ८ मना उत्कृष्ट हुने काकरभिट्टा माविकी एस्तर लिम्बू र कविशिरोमणी माविका प्रवेश खनाललाई पुरस्कृत गरिएको छ । धुलावारी जेसीजले धुलावारी जुनियर जेसीजका संस्थापक अध्यष सुलभ भण्डारी र धुलावारी जेसीज प्रतिष्ठानका सहयोगी मानबहादुर थापालाई समेत सम्मान गरेका छ ।यसैगरी, वर्ष २०१८ का निवर्तमान अध्यक्ष सुभाष रिजालले स्थापना गरेको दाताराम रिजाल स्मृति उत्कृष्ट विज्ञान छात्राबृतिबाट कनकाइ मावि सुरुङ्गाका निशान्त विमलीलाई सम्मान गरेको छ । पूर्व अध्यक्ष लिलाप्रसाद भण्डारीले स्थापना गरेको लोकनाथ भण्डारी स्मृति पुरस्कारबाट ज्ञानेन्द्र निरौलालाई सम्मान गरेको छ ।
    सोही समारोहमा वर्ष २०१८ का अध्यक्ष नारायण खनालले १ लाखको पशुपति खनाल स्मृति अक्षयकोषको स्थापना गरेका छन् । यस अक्षयकोषबाट हरेक वर्ष मेचीनगरमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिनेछ । साथै वर्ष २०१९ का अध्यक्ष केशव पोखरेलले आफ्ना बुबा आमाको नाममा १ लाख ५१ हजारको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्। उक्त अक्षयकोषको व्याजबाट आउने रकमले हरेक वर्ष शैक्षिक र सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एक जना व्यक्तिलाई सम्मान गरिनेछ । साथै धुलावारी जेसीजका पूर्व अध्यक्ष पुनित वंशलले दाताराम रिजाल स्मृति कोषमा ५१ हजार थपेर १ लाख ५१ हजारको अक्षयकोष बनाउने घोषणा गरेका छन् । विभिन्न अवार्ड तथा पुरस्कारहरु पूर्व अध्यक्ष केशव पोरेल, तेजप्रसाद चौलागाई, लिलाप्रसाद भण्डारीले घोषणा गरेका थिए ।
    पदस्थापन समारोहमा वर्ष २०१८ का अध्यक्ष नारायण खनालले वर्ष २०१९ का अध्यक्ष केशव पोखरेललाई चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए । नव निर्वाचित अध्यक्ष पोखरेलले आफ्नो टिममा विभिन्न पदहरु मनोनित गरेका थिए । महासचिवमा डिल्लीराम भण्डारी, कोषाध्यक्षमा सागर खनाल, कानुनी सल्लाहकारमा रबिन पाठक, प्रकरण निर्देशमा इभन लुइँटेल, सहसचिवमा आस्मा चापागाई, तालिम संयोजकमा योगेन्द्र राजवंशी, र जनसम्पर्क अधिकारीमा राजिप प्रसाईलाई मनोनित गरेका छन् । साथै उनले सबै पदाधिकारीहरुलाई सामुहिक सपथ ग्रहण गराएका थिए ।
    सोही समारोहमा धुलावारी जुनियर जेसीजको समेत पदस्थापन गरिएको थियो । वर्ष २०१९ का लागि अध्यक्ष जान्वी दाहालको नेतृत्वमा नयाँ कार्य समिति रहेको छ । अध्यक्ष दाहालले कोषाध्यक्षमा आर्यान पौडेल, महासचिवमा विजेता डाँगी, जनसम्पर्क अधिकारीमा रुक्साना सिवाकोटी, तालिम संयोजकमा जीवराज घिमिरेलाई मनोनित गरेकि छिन् । संस्थापक अध्यक्ष शुलभ भण्डारीले नवनिर्वाचित अध्यक्ष जान्वी दाहाललाई सपथ ग्रहण गराएका थिए ।
    शाखा अध्यक्ष नारायण खनालको सभापतित्व तथा सांसाद गोपाल बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजा कार्यकारीणी उपाध्यक्ष रबिन पोखरेल, कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल (मिलन), धुलावारी जेसीज पूर्व अध्यक्ष समाजका अध्यक्ष पुनित वंशललगायतलो बोलेका थिए । कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनिल भेटवालसहित शाखाका पूर्व अध्यक्ष तथा शाखाका अध्यक्षहरुको उल्लेखिय सहभागिता रहेको थियो । सुदिप सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव रोशन रिजालले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…