दमक । नेविसंघ झापा जिल्ला समितीले मेचिनगरको आगोलागी पीडितलाई राहात बितरण गरेको छ । मेचि नगरपालिका वडा नम्बर ४ बाहुनडाँगीका अग्नी पीडित पंन्डित पटुड़ माझी लाई राहात सामाग्री हस्तान्तरण गरेको हो । नेविसंघ जिल्ला सभापति भुबन बुढाथोकी उपसभापति निरज दुलाल,सह सचिब प्रकाश खड्का, जिल्ला सदस्यहरु कौशल उप्रेती, त्रिदेब क्यापसका उपसभापति आईतेहाड़ लिम्बू, काकडभिट्टा क्याम्पसका सभापति भरत चैलागाई र मेचि क्याम्पसका युमन कोईरालाले अग्नी पिडीतलाई दुई बन्डल टिन र पाँच बोहरा सिमेन्ट हस्तानतरण दिएको हो । राहात बितरण कार्यक्रममा का नेविसंघ झापाका पुर्व सभापति नारायण गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।