• धनगढी, २ माघ 

    मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई दुईका विरुद्ध शुन्य गोलले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप’को फाइनलमा प्रवेश गरेको छ ।

    आज धनगढी रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलको ६९औँ मिनेटमा बुद्ध चेम्जोङले दिएको हेडर पासमा रुपेश केसीले गोल गरेर थ्री स्टारलाई अग्रता दिलाए । असीऔँ मिनेटमा थ्री स्टारले अग्रता दोब्बर पा¥यो । सुनील बलले पेनाल्टी क्षेत्रको ठीक बाहिर प्राप्त गरेको फ्रि किक प्रहार गर्दै गोल गरेका थिए ।

    यसअघि रुस्लान थ्री स्टारका लागि १४औँ मिनेटमा सुनील बलको कर्नरमा अडामा डुम्बियाले गरेको प्रहार काँकडभिट्टाका गोलरक्षक दीप कार्कीले बचाएका थिए ।
    २१औँ मिनेटमा थ्री स्टारका फोडे फोफानाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार असफल बन्यो ।

    दोस्रो हाफको ५३ औँ मिनेटमा थ्री स्टारको रुपेश केसीको प्रहारलाई विपक्षी गोलरक्षक दीप कार्कीले बचाए । अर्कोतर्फ काँकडभिट्टाका एञ्जल गुरुङको प्रहार अकाशिन पुग्यो । काँकडभिट्टाले यसअघि पनि गोल गर्न पाएका केही मौका चुकाएको थियो ।

    उत्कृष्ट प्रदर्शन गरेका थ्री स्टारका मिडफिल्डर सुनील बल खेलको ‘म्यान अफ द म्याच’ बन्दै रु १० हजार पुरस्कार प्राप्त गरे । विजयी टोलीका प्रशिक्षक उज्वल मानन्धरले लिगको पीडा बिर्साउन मोफसलमा सुखद शुरुआत गर्न तत्पर रहेको प्रतिक्रिया दिनुभयो ।

    यस जितसँगै थ्री स्टारले प्रतियोगिताको उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गरेको छ । फाइनल खेल अगामी शनिबार हुने कार्यक्रम छ । बिहीबार दोस्रो सेमिफाइनल सिएमजी क्लब सङ्कटा र नेपाल पुलिस क्लबबीच हुँदैछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…