• काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नबनाएका कम्युनिस्ट नेता योगेश भट्टराई मन्त्री बन्ने आशमा ओली र माफियाको चाकडीमा उत्रिएको आरोप लागेको छ ।

    नेपाली कांग्रेस निकट नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले नेता भट्टराईले ओलीको चाकडी गरेर मन्त्री बन्न खोजेको मिडिया डबली संग कुरा गर्दै बताए ।

    स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्र्दै अनशनरत डा. गोविन्द केसीको चर्काे विरोध गरेर भट्टराईले ओलीलाई खुशी पार्न खोजेको देखिएको छ । महासचिव शाहीले योगेश भट्टराईलाई गोविन्द केसी फोबिया भएको बताए । ‘योगेश भट्टराईले गोविन्द केसीको विरोध गरेजस्तो पारेर केपी ओलीको चाकरी गरेका छन्,’ उनले भने ।

    डा. केसीले माफियाविरुद्ध सत्याग्रह गर्दा कम्युनिस्ट नेताले जनताविरोधी अभिव्यक्ति दिनु आपत्तिजनक भएको शाहीले बताए । कम्युनिस्ट सरकारले गरेको सम्झौता बमोजिम चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै डा. केसी इलाम गएर अनशन बसिरहेका छन् ।

    निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्नुपर्ने लगायतका माग समेत डा. केसीले राखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…