• माघ ३, काठमाडौं । इटालियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि युभेन्ट्सले जितेको छ। युभेन्ट्सले बुधबार राति खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी एसी मिलानलाई १-० गोलले हराउँदै उपाधि चुमेको हो।

    साउदी अरेबियाको जेदाहमा खेलिएको फाइनल खेलमा युभेन्ट्सका लागि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे। प्रतिस्पर्धात्मक खेलको ६१ औं मिनेटमा रोनाल्डोले मिरालेम पिजानिकको पासमा हेडमार्फत आकर्षक गोल गरेका थिए।
    युभेन्ट्सले कीर्तिमानी रुपमा आठौं पटक इटालियन सुपर कपको उपाधि जितेको हो। युभेन्ट्सले सन् २०१५ पछि पहिलो पटक उपाधि जितेको हो। अघिल्लो सिजनको उपाधि लाजियोले जितेको थियो। मिलानले भने हालसम्म सात पटक इटालियन सुपर कपको उपाधि जितेको छ। पछिल्लो पटक मिलानले सन् २०१६ मा उपाधि हात पारेको थियो। सन् १९८८ मा पहिलो संस्करणको उपाधि पनि मिलानले नै जितेको थियो।

    युभेन्ट्सका लागि जारी सिजनमा रोनाल्डोले गरेको यो १६ औं गोल हो। युभेन्ट्स घरेलु लिग इटालियन सिरिएमा समेत उपाधितर्फ लम्किरहेको छ। इटालियन सिरिएमा १९औं चरणको समाप्तिमा ५३ अंकसहित युभेन्ट्स पहिलो र ४४ अंकसहित नापोली दोस्रो स्थानमा छन्।

    फाइनल खेलको ७४ औं मिनेटमा फ्रान्क केसी सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एसी मिलान १० खेलाडीमा समेटिएको थियो। खेलका क्रममा प्याट्रिक कर्टनले गरेको एउटा सक्तिशाली प्रहार क्रसबारमा ठोक्किएपछि एसी मिलान निराश बनेको थियो। समाचार अन्नपूर्णमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…