• काठमाडाैं । चुनाव जितेपछि पाँच नम्बर प्रदेशको राजधानी तोक्ने बिषयमा राजनीति गर्दै आएको सत्ताधारी (ने.क.पा.) को षडयन्त्र चिर्न नेपाली कांग्रेसले आज बुटवलमा १ लाख नागरिकको सहभागीतामा शक्ति प्रर्दशन गर्दैछ ।

    जनताको मागबमोजिम रूपन्देहीको बुटवललाइ प्रदेश राजधानी कायम गर्न माग राख्दै प्रतिपक्षीले सत्तापक्षलाइ शक्ति प्रदर्शन सहित दबाब दिन लागेको हो । शेर बहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई प्रदेश ५ को सहित सातै प्रदेशको अस्थायी राजधानी तोकेपनि (ने.क.पा.) नेतृत्वको प्रदेश सरकारले अन्यत्र राजधानी सार्न कसरत गरिरहेको छ ।

    शक्ति प्रदर्शनमा सहभागी नागरिकले वाइडबडी विमान खरिद, प्रदेश ५ मा गाडी खरिदमा अनियमिमता भएकाले त्यसको भण्डाफोर गर्न, निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन दबाव दिने कांग्रेस रुपन्देही सचिव रामकृष्ण खांणले बताए ।

    शक्ति प्रदर्शनपछि हुने सभालाई कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कंडेल, मानबहादुर विकलगायतले सम्बोधन गर्नेछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…