• काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले बिहीबार दिउँसो आकस्मिक पत्रकार सम्मेलन गर्दैछन्। राजधानीको बागबजारस्थित हार्दिक होटलमा दिउँसो पत्रकार सम्मेलन गर्न लागिएको हो ।

    पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले नौ दिनदेखि इलाममा आमरण अनसनरत सत्याग्रही प्राडा गोविन्द केसीका माग र चिकित्सा शिक्षा विधेयकमा बारेमा आफ्नो विचार राख्नका लागि पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।

    डा केसीले उठाएका माग किन जायज छन् भन्दै त्यसबारेमा उनले जानकारी दिनेछन् । आफू स्वास्थ्यमन्त्री भएका बेलामा समेत डा केसीका मागलाई पुरा गराउन लागिपरेका थिए ।

    डा केसीको आमरण अनसनपछि चिकित्सा शिक्षा क्षेत्रमा कस्तो किसिमको सकारात्मक प्रभाव पार्यो त भन्ने बारेमा समेत थापाले बोल्नेछन् ।

    उनले आफ्नो संवोधनमा डा केसीको आमरण अनसन, डा केसी नभएको भए स्वास्थ्य शिक्षा के हुन्थ्यो, के फरक पर्यो, आफूले लिएको अडानका बारेमा समेत पनि लिखित प्रस्तुति दिन लागेका हुन् ।

    त्यसैगरी थापाले डा केसीको अनसनपछि विदेश पढ्न जानेहरुको संख्या कसरी घट्यो ? स्वास्थ्य क्षेत्रमा कस्तो प्रभाव पार्यो ? मुद्दा नाफा केन्द्रीत छ कि देशको स्वास्थ्यको हितमा छ ? लगायतको प्रश्नको जवाफ पूरा तथ्यांकसहित उनले पत्रकार सम्मेलनमा बर्णन गर्नेछन् ।

    सत्ताधारी दल नेकपाले डा केसीको मागले नेपालको स्वास्थ्य शिक्षामा विचलन आएको र विदेशी मेडिकल कलेजको लहलहैमा मुद्दा उठाएको, देशभित्रको लगानीलाई निरुत्साहित गरेको लगायतका आरोप लगाएको सन्दर्भमा नेता थापाले पत्रकार सम्मेलनमा त्यसको जवाफ दिनेछन् ।

    डा केसी अहिले १६ औं चरणको आन्दोलनमा छन् । सुरुवाती चरणका आन्दोलनमा उनका मागलाई समर्थन जनाउने नेकपाकै नेताहरु, व्यक्तिहरु कसरी लाभका पछाडि दौडिएका छन् भन्ने कुराको खुलासासमेत थापाले गर्ने बुझिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…