• बाहुनडाँगी । मोरङको पथरी शनिश्चरेस्थित पथरी जेसीजको सातौं वार्षिक साधारणसभाबाट निर्वा्चित पदाधिकारीको पदहस्तान्तरण सम्पन्न भएको छ ।
    कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेल, नगर प्रमुख दिलिपकुमार राई, शाखाका संस्थापक अध्यक्ष एवम् नेपाल जेसीज वर्ष २०१८ का कार्यकारीणी उपाध्यक्ष अशोक शंकरले युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै समाज परिवर्तनमा जेसीजको भूमिका महत्वपूर्ण रहेको बताए ।
    साधारणसभाबाट सन् २०१८ का कार्यकारी उपाध्यक्ष मानबहादुर दियाली सन् २०१९ का लागि सर्वसहमत रुपमा अध्यक्षमा निवार्चित बनेका थिए । निवर्तमान अध्यक्ष टीकाविक्रम चौहान सहितको टिमले नयाँ समितिलाई पद हस्तान्तरण गरेको छ । कार्यकारी उपाध्यक्षमा युवराज रायामाझी र प्रदीप फुयाँल, सचिवमा दिपेश रिजाल, उपाध्यक्षमा निरज वस्नेत, काशीहाङ राई, सुवर्ण खत्री र नारायण गुुरागाईं निर्वा्चित भएका थिए ।
    अन्य पदमा अध्यक्ष दियालीले विभिन्न पदमा मनोनित गरेका छन् । जस अन्तरगत महासचिवमा सुमन कुरुङवाङ, कोषाध्यक्षमा सन्तोष ढुंगेल, तालिम संयोजकमा टीएन तिम्सिना, कानूनी सल्लाहकारमा मोहनकुमार श्रेष्ठ, शाखा सम्पादकमा अनोज घिमिरे, जनसम्पर्क अधिकारीमा अनु राई, सदस्य बृद्धि संयोजकमा सुविन पराजुली, कोषबृद्धि संयोजकमा सरोज दराल मनोनित वनेका छन् ।
    त्यसैगरी, व्यवसायिक संयोजकमा रविन राई, स्वास्थ्य संयोजकमा डाक्टर उमेश अग्रवाल, सञ्चार संयोजकमा राजकुमार विश्वकर्मा, प्रकरण निर्देशकमा टेकेन्द्र लिवाङ लिम्बू, वातावरण संयोजकमा लक्ष्मी भट्टराई गिरी, शैक्षिक संयोजकमा गोपाल साँवा पनि मनोनित वने । खेलकुद संयोजकमा अनिश खरेल, साँस्कृतिक संयोजकमा इश्वरी सापकोटा, भातृत्व बृद्धि संयोजकमा तारा लावती, आठौं पदस्थापन संयोजकमा निरोज वस्नेतलाई मनोनित गरिएको छ ।
    एरिया ए मा भूवन थापा, वी मा कमला दहाल, सी मा रेजिना विष्ट र डी मा रोजा श्रेष्ठलाई संयोजक चुनिएको छ । उनीहरुसबैलाई नव निर्वाचित अध्यक्ष दियालीले सामुहिक सपथ ग्रहण गराएका थिए ।
    कार्यक्रममा, शाखाका पूर्व अध्यक्ष कमल नेपाललले स्थापन गर्नुभएको उत्कृष्ठ कार्यक्रम संयोजक अवार्डबाट दिपेश रिजाल, पूर्व अध्यक्ष जीवन कटुवालले स्थापना गर्नुभएको उत्कृष्ठ कार्यसमितिको रनिङ शिल्ड अवार्डबाट टीएन तिम्सिना पुरस्कृत वने ।
    सक्रिय नयाँ सदस्यमा तारा लावती, जेसीज वर्ष पुरस्कारबाट सुवर्ण अधिकारी र सक्रिय उपाध्यक्ष वर्ष पुरस्कारबाट इश्वरी सापकोटा पुरस्कृत भए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…