• झिलझिले, पुस २ ।
    शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थीत झिलभिलेमा रहेको पशुपति एकाडेमी अंग्रेजी माध्यमिक विद्यालयले २९ औ स्थापना दिवस विहीबार सम्पन्न गरेको छ ।
    स्थानिय सन्थाल समुदायका विद्यार्थीलाई शैक्षीक सामाग्री, सुत्केरी आमा र नवजात शिसुलाई न्यानो कपडा र अभिभावकलाई व्ल्याँकेट, खाद्यन्न र आर्थीक सहयोग वितरण गरको हो । स्थानिय भानु माध्यमिक विद्यालय र अरुणोदय प्राथमिक विद्यालयका १७ जना छात्र छात्रलाई शैक्षिक सामाग्री प्रदान गरिएको विद्यालयका प्रिन्सीपल चन्द्र खनालले जानकारी दिए ।
    यस्तै १८ वर्षकी सुत्केरी गिता ऋषीदेव र उनको नवजात शिसुलाई न्यानो कपडा प्रदान गरिएको थियो । अति विपन्न समुदायका १३ घर परिवारलाई व्ल्याँकेट वितरण गरिएको विद्यालयले जनाएको छ । वर्षेनी नँया नयाँ कार्यक्रमका साथ आफ्नो स्थापना दिवस मनाउने पशुपतिले यो वर्ष अध्ययन वाट कोहि पनि वन्चित नहुन भन्ने नाराका साथ अति विपन्न वर्ग सन्थाल समुदायका विद्यार्थीलाई शैक्षीक सामाग्री प्रदान गरेको हो ।
    २२ जना विद्यार्थीवाट अध्ययन अध्यापन शुरुगराईएको सो विद्यालय ०४५ सालमा स्थापना भएको हो । विद्यालयले आफ्नै स्वामित्तको १४ कठ्ठा जग्गा क्षेत्रमा भुकम्प प्रतिरोधात्मक ३ तले भवन निर्माण गरेको छ । विद्यालयका प्रिन्सीपल खनालका अनुसार आगामी शैक्षिक सत्रदेखी कक्षा ११ मा पनि पढाईहुने र त्यसका लागि कानुनी प्रकृया अघि वढाईएको छ ।
    शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रम विद्यालय संचालन समितिका अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा भएको थियो । विद्यालयकी शिक्षीका गान्धि लिम्वुले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक पदम पाठकले गरेका थिए ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…