• काठमाडौँ, ३ माघ

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीयता सम्बन्धी कानून जतिसक्दो छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

    प्रतिनिधिसभा, कानून, न्याय तथा मानवाधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा उहाँले भन्नुभयो, “सङ्घीयता सम्बन्धी कानूनलाई समितिमा छलफल गरी छिटो अगाडि बढाउनुपर्छ ।”

    मन्त्री ढकालले ऐन संशोधन गर्दा विज्ञलाई समेत राखेर छलफल गर्न जरुरी भएको र गम्भीर प्रकृतिका बाहेक एकै दिनमा पाँच÷छ वटा मन्त्रालयको विधेयकमाथिको छलफल अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।

    पूर्वसभामुख तथा सांसद सुवास नेम्वाङले छोटो समयमा धेरै विधेयकको काम सम्पन्न गर्नुपर्ने भएकाले कानून निर्माण गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई पनि अनिवार्यरुपमा बैठकमा बोलाउँदा छलफल गर्न सजिलो हुने सुझाव दिनुभयो ।

    सांसद देव गुरुङले ५६ वटा ऐन फागुन २१ भित्र संशोधन गर्नुपर्ने र संविधानअनुकूल बनाउन १०९ वटा गरी १६५ वटा विधेयकमाथि छलफल तत्काल अघि बढाउनु जरुरी भएको बताउनुभयो ।

    समितिका सभापति कृष्णभक्त पोखरेलले कानून छिटो कार्यान्वयनको तहमा लैजानका लागि विधेयक माथि छिटो छलफल अघि बढाउने जानकारी दिनुभयो ।

    आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको विधेयकमाथि प्रारम्भिक छलफल मात्र भएको हो । समितिका सभापति पोखरेलले आगामी बैठकबाट विषयगतरुपमा छलफल अघि बढाउने जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…