• धनगढी, ३ माघ 

    सिएमजी क्लब सङ्कटालाई पराजित गर्दै नेपाल पुलिस क्लब ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप’को फाइनलमा प्रवेश गरेको छ ।

    धनगढी रङ्गशालामा आज भएको प्रतिस्पर्धामा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा सिएमजी क्लबले सङ्कटालाई चारका विरुद्ध पाँच गोलले पराजित गर्दै पुलिस फाइनल पुगेको हो ।

    टाइब्रेकरमा सङ्कटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले गरेको प्रहार गोलमा परिणत भए पनि सुभाष गुरुङको पाँचौ प्रहारलाई विपक्षी गोल रक्षक रोशन खड्काले बचाएका थिए ।

    पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तिर्थ राना र बिक्रम धिमाल पेनाल्टीमा सफल भएका थिए । खेल टाइब्रेकरमा धकेलिनु अघि पुलिस र सङ्कटाले गोल गर्न पाएका केही मौकाको सदुपयोग गर्न सकेनन् ।

    पेनाल्टी बचाएका पुलिसका गोलरक्षक रोशन खड्का आजको प्रतिस्पर्धाको ‘म्यान अफ द म्याच‘ बन्दै रु १० हजार पुरस्कार प्राप्त गरे । आगामी शनिबार नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टारबीच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुने कार्यक्रम छ ।

    मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको यो प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेताले रु १० लाख प्राप्त गर्ने छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…