• बाहुनडाँगी, ३ माघ । लमजुङ जेसीज वर्ष २०१९ को अध्यक्षमा पायल शर्मा निर्वाचित भएकी भएकी छिन् । हालै सम्पन्न शाखाको ८ औँ शाखा अधिवेशन तथा ९ औँ वार्षिक साधारणसभाबाट शर्मालाई सर्वसम्वत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । उनी शाखामा चौथो महिला अध्यक्षका रुपमा निर्वाचित भएकी छिन् । ओम विकास बैंकमा सहायक पदमा कार्यरत शर्मा २०१५ देखि लमजुङ जेसीजमा आबद्ध भएकी थिइन् । त्यसपछि विभिन्न पदमा रहेर जिम्मेवारी बहन गरेकी शर्मा वर्ष २०१८ मा कार्यकारीणी उपाध्यक्ष रहेकी थिइन् । उनले उपाध्यक्ष, जनसम्पर्क अधिकारी, कोषाध्यक्ष र कार्यकारीणी उपाध्यक्ष पदमा रहेर कुशल नेतृत्व बहन गरिसकेकी छिन् ।
    वर्ष २०१९ का लागि कार्यकारीणी उपाध्यक्षमा विकास श्रेष्ठ र रहमतदिन मिया, उपाध्यक्षहरुमा विनोद शर्मा, प्रेमबहादुर गुरुङ, सन्तोष श्रेष्ठ र देबेन्द्र गुरुङ निर्वाचित भएका छन् । यसैगरी, शाखाको महासचिवमा दिपेश अधिकारी, कोषाध्यक्षमा आइसा मिया, कानुनी सल्लाहकारमा सरोज विक चयन भएका छन् । वर्ष २०१८ का अध्यष अनुज अधिकारीको सभापतित्वमा सम्पन्न साधारणसभाको निर्वाचन आयुक्त सुरेशकुमार प्रधान रहेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…