• कलैया  । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर काइरालाले वर्तमान सरकारले विकास र समृद्धिको क्षेत्रमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ । उहाँले बाइड बडी जहाज खरीद प्रकरणमा जो दोषी भए पनि कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्नुभयो ।

    बारा निर्वाचन क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिले आज सिम्रौनगढमा आयोजना गरेको आमसभामा उहाँले बलात्कार, हत्या हिंसा, कालोबजारी, भष्ट्राचार जस्ता कार्य अझै बढेको भन्दै त्यसलाई रोक्न सरकारले नसकेको आरोप लगाउनुभयो ।

    केन्द्रीय सदस्य उमाकान्त चौधरीले बारा निर्वाचन क्षेत्र नं १ मा शिक्षा, स्वास्थ्य, बिजुली बत्ती, बाटोघाटो पुल पुलेसा, सिँचाइको प्रबन्ध मिलाउन आफू क्रियाशील रहेको बताउनुभयो । एक अर्को प्रसङ्गमा नेता चोधरीले मधेशवादी दल सत्ता र शक्तिका लागि राजनीति गरिरहेको आरोप लगाउनुभयो । केन्द्रीय सदस्य कल्याण गुरुङले नेपाली जनतामाथि अन्याय नगर्न वर्तमान सरकारलाई आग्रह गर्नुभयो ।
    पूर्वसांसद डा शोभाकर पराजुलीले सङ्घीयतालाई नै धरापमा पार्ने खेलमा वर्तमान सरकार लागिपरेको आरोप लगाउनुभयो । कार्यक्रममा जिउँदो शहीदहरु अनुप सहनी र लक्ष्मण बैठालाई सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…