• काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली कामदार जापान पठाउने विषयमा बुधबार नेपाली र जापानी प्रतिनिधि मण्डलबीच औपचारीक छलफल भएको छ ।

    छलफलका क्रममा नेपाली कामदारहरुलाई वैदेशिक रोजगारका लागि जापानमा पारदर्शी र प्रतिस्पर्धी ढंगबाट बठाउने विषयमा कुराकानी भएको उच्च स्रोतले जानकारी दिएको छ । नेपाली कामदारलाई कसरी, कुन विधिबाट पठाउने भन्ने विषयमा समेत छलफल भएको छ ।

    छलफलका क्रममा जापानको अध्यागमन सम्बन्धी संशोधित कानुनी व्यबस्थाअनुसार विदेशी श्रमिकको व्यबस्थापन गर्ने सम्बन्धमा जापान सरकारबाट जारी भएका नयाँ कानुनी प्रावधान जापानी पक्षबाट जानकारी गराइएको थियो ।

    जापान र नेपाली प्रतिनीधिबीच नेपाली कामदारहरु व्यबस्थित, सुरक्षित र मर्यादित रुपमा पठाउने सन्दर्भमा पारस्पारिक हित प्रवद्र्धन हुने गरी समझदारी कायम गर्न विविध आयाममा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

    नेपाल सरकारले नेपाली कामदारहरु द्वीपक्षीय सम्झौता विश्वव्यापी मान्यताअनुसार लैजान विशेष जोड दिएको बताइएको छ ।

    श्रम प्रवक्ता नारायण रेग्मीले जापान र नेपालका प्रतिनिधिबीच नेपाली कामदार सुरक्षित, व्यबस्थित र मर्यादित ढंगबाट पठाउन छलफल भएको र यसबारे थप विस्तृत छलफल गरिने बताए ।

    उच्च स्तरको समझदारी गरी छिट्टै नेपाली कामदारहरु नयाँ व्यबस्था अनुरुप पठाउन छलफल गरिने प्रवक्ता रेग्मीको भनाई छ । दुवै देशले यसबारे गृहकार्य गर्ने सहमति भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

    जस अन्र्तगत नेपाली कामदारहरुको सीप र अनुभवलाई प्राथमिकता दिई दुवै देशको उद्यमशीलतालाई विकास गर्न सहयोग पुुर्याउने बारे थप छलफल हुने सहमति भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…