• काठमाडौं । सरकारले भारतबाट रेल किन्ने प्रक्रिया अगाडि बढाएको छ । गएको पुस २९ गते बसेको मन्त्रिपरिषदको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।

    क्याविनेटले मन्त्रालयलाई सरकारी स्तर (जी टू जी) मा रेल खरिदका लागि प्रक्रिया शुरु गर्न स्वीकृति दिएको हो ।

    प्रवक्ता बास्कोटाले भारतसँग रेलका विषयमा छलफलसमेत भइरहेको जानकारी दिए । हाल भारतदेखि तराईमा रेल सञ्चालन गर्न रेलको लीग बनाउने काम धमाधम भइरहेको छ भने पूर्व पश्चिम रेल वेको पनि काम भइरहेको छ ।

    यसअघि नै भारतबाट ६ वटा डिब्बा किन्ने तयारी भएको समाचारहरु सार्वजनिक भएका थिए । सरकारले भारतसँग रेल किन्ने तयार गरेको हो ।

    यस्तै क्याविनेटले पानी जहाज सञ्चालका लागि पनि औपचारिक शुरुआत गरेको छ । सरकारले पानी जहाज सञ्चालन सम्बन्धि कार्य सम्पादन गर्न केन्द्रमा पानी जहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

    प्रवक्ता बास्कोटाले पानी जहाज कार्याले स्थापना र दरबन्दिका विषयमा क्याविनेटमा निर्णय भएको जानकारी दिए । उनका अनुसार कार्यालयका लागि १६ जनाको दरबन्दि स्वीकृति गरिएको छ ।

    यस्तै सरकारको अर्को महत्वपूर्ण निर्णय हो दैलेख र पाल्पामा रहेको तेल खानीका विषयमा थप अन्वेषण गर्ने । यसका लागि सरकारले चाइना एडसँग तेल तथा ग्यास स्रोत सर्वे परियोजना सम्झौता स्वीकृत गरेको छ ।

    दैलेखको दुल्लु तथा पाल्पामा प्राकृतिक ग्यास रहेको छ । यसअघि विभिन्न पटक दैलेखको तेल तथा ग्यासबारे अनुसन्धान भएका छन् । तर, ती अुसन्धानले कुनै मुर्त रुप भने लिएका छैनन् । सरकारले एक पटक फेरि त्यहाँ अनुसन्धान गर्न लागेको हो ।

    गएको पुस २९ गतेको मन्त्रिपरिषदको अर्को महत्वपूर्ण निर्णय हो , प्रहरी नियामवलीको छैटौं संशोधन । नियामवली संशोधन गरेर राजपत्रांकित तहका अधिकृतको बढाउ हुनका लागि यसअघि ४ वर्ष सेवाधि हुनुपर्ने नियमलाई ३ वर्ष बनाइएको छ । यो संशोधनले प्रहरीको बढुवामा प्रभाव पार्ने छ ।

    यस्तै आगामी चैतमा हुने नेपाल लगानी सम्मेलनको तयारीका लागि पनि क्याविनेटले बजेट व्यवस्था गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…