• उर्लाबारी । मिस धिमाल २०१९ को अन्तीम २५ प्रतियोगीहरुको नाम सार्वजनिक भएको छ ।

    गएको सोमबार अडिसनमा सहभागी ५० प्रतिस्पर्धीबाट अन्तीम २५ प्रतियोगीहरुको नाम सार्वजनिक गरिएको हो । छनौट भएका प्रतियोगीहरु बसन्ती धिमाल (सेतुमारी), अनुषा धिमाल (बाह्रघरे), एलिशा धिमाल (जम्मुझार), रमिना धिमाल (अडियामहल), अञ्जली धिमाल (काकुम), अञ्जली धिमाल (तेलकुडी), रविना धिमाल (भिन्दा), एलिना धिमाल (दोघरे, झापा), सृजना धिमाल (बिराटनगर), मनु धिमाल (काठमाण्डौं), हिमा धिमाल (सुनझोडा), स्वष्तीका धिमाल (अठियावारी), आश्मा धिमाल (आमबारी), सिमा धिमाल (मंगलबारे), निमा धिमाल (आमबारी), दुर्गा धिमाल (मंगलबारे), प्रतिमा धिमाल (बिर्तामोड), अनिशा धिमाल (विर्तामोड), मनिका धिमाल (पथरी शनिश्चरे), लक्ष्मी धिमाल (पथरी शनिश्चरे), सुजता धिमाल (कानेपोखरी), सुनिता धिमाल (कानेपोखरी), अनु धिमाल (इटहरी), अनु धिमाल (इटहरी), अप्सरा धिमाल (बिर्तामोड) रहेका छन् । छनौट भएका २५ जना प्रतिस्पर्धीहरुलाई माघ ६ गतेदेखी प्रशिक्षण दिइने आयोजक समितिका संयोजक सुनिल धिमालले जानकारी दिनु भएको छ ।

    छनौट भएका प्रतिस्पर्धीहरुलाई नेतृत्व विकास, पत्रकारिता, फोटोसुट, धिमाल इतिहासका बारेमा जानकारी, फिजिकल फिटनेस, सौन्दर्य श्रृङ्गार लगायत बारेमा प्रशिक्षण दिइने आयोजक समितिका सचिव मनिराज धिमालले जानकारी दिनुभयो । मिस धिमालको विजेताले नगद १ लाख रुपैयाँ, फस्ट रनर अपले ५० हजार र सेकेन्ड रनर अपले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । मिस धिमालको फाइनल फागुन पहिलो साता मोरङको उर्लाबारीमा हुने र प्रतियोगितामा करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…