• काठमाडौं । सरकारलाई दवाव दिन इलाममा अनशन बसिरहेका डाक्टर गोविन्द केसीलाई राति नै त्यहाँबाट एम्बुलेन्सबाट झापा हुँदै शुक्रबार बिहान ३ बजे सैनिक हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ । अहिले उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

    सैनिक हेलिकोप्टरबाट ल्याईएका केसीलाई त्रिभुवन विमानस्थलबाट सिधै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेर आइसियुमा भर्ना गरिएको हो ।

    स्वास्थ्य शिक्षा विधेयकको विषयलाई लिएर ९ दिनदेखि १६ औं पटकको अनशनमा बसरेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौं ल्याइएको डा. अभिषेक सिंहले जानकारी दिए ।

    केसीलाई काठमाडौं ल्याउन उनलाई समर्थन गर्न र उनको स्वास्थ्य अवस्था बुझ्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र डाक्टर सिंह इलाम पुगेका थिए ।

    धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टरको टोलीले बुधबार केसीको स्वास्थ्यमा गम्भीर समस्या भएकाले इलाममा राखिराख्नु खतरापूर्ण हुने सुझाव दिएको थियो ।

    केसीको रगतमा चिनीको मात्रा ५० मिलिग्राम प्रतिडेसीलिटरभन्दा कम छ । सामान्य मान्छेको सुगर ५० भन्दा कम भए बेहोस हुने र दिमागले काम गर्न छाड्ने समस्या आउनसक्ने चिकित्सकले बताएका छन् ।

    केसीको रगतमा अक्सिजनको मात्रा पनि कम हुँदै गएको बताईएको छ । सामान्यतया रगतमा अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी हुनपर्छ तर केसीको रगतमा ८० प्रतिशत हाराहारीमा रहेको जनाईएको छ ।

    केसीको रगतमा अल्बुमिन ३.३ ग्राम प्रतिडेसीलिटर मात्र छ । सामान्य मानिसको शरीरमा अल्बुमिनको मात्रा ३.४ देखि ५.४ ग्राम प्रतिडेसीलिटर हुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…