• बाहुनडाँगी । बलभद्र आधारभूत बिद्यालय मेचीनगर–३ मा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
    दिब्यज्योति आँखा अस्पताल मेचीनगर–७ को आयोजनामा भएको उक्त शिविरमा १०० जना बिद्यार्थीहरुको आँखा परिक्षण गरिएको थियो । जसमा एक जनाको अपरेशन गर्नुपर्ने, ११ जनाको चस्मा लगाउनु पर्ने, ७ जनाको आँखामा एलर्जी, ५ जनाको आँखा पाक्ने र २ जनामा भिटामिन ए को कमि देखिएको थियो । अस्पतालका डा. कर्ण योगी र प्रिया थुलुङ् ले आँखा परिक्षण गरेका थिए । बलभद्र आधारभूत बिद्यालयको संयोजनमा भएको शिविर शनिबार सोही बिद्यालयमा आम अभिभावकहरुका लागि निःशुल्क शिविरको आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक तिलक बहादुर धिमालले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…