• मेचीनगर, ४ माघ । शुक्रवार दिउँसो भएको सवारी दुर्घटनमा नेपाली कांग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी सहित ४ जना घाइने भएका छन् । उनीहरु चारै जना धुलावारी निवासी तेजबहादुर आचार्यको छोराको विवाहमा कमलनगर जन्ति गएर फर्कने क्रममा चारपाने चोकमा दुर्घटनामा परेका थिए । मे १ ख ३४३२ नम्बर बससँग उनीहरु सवार बा १४ च १४९३ नम्बरको कारसँग एक अर्कामा ठोकिएर दुर्घटनामा परेका थिए । कार बससँग ठोकिनु अघि स्कुटीसँग ठोकिएको जिल्ला टाफ्रिक कार्यालय विर्तामोडले बताएको छ । दुर्घटनामा कांग्रेस मेचीनगर नगर सपभाति इन्द्र बुढाथोकी मेचीनगर नगरपालिकाका इन्जिनियर कमल कोइराला, भानु बहुमुखी सहकारी संस्था धुलावारीका अध्यक्ष गोपाल चुँडाल, श्याम न्यौपान र स्कुटीमा सवार सिराह बन्दीपुरका मेघबहादुर दाहाल घाइने भएका नेपाल तरुण दल मेचीनगर सचिव मनोज घिमिरेले बताए । उनीहरु सबैको बिएण्सी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । घिमिरेका अनुसार नगर सभापति बुढाथोकीको अनुहार र हातमा चोट छ । गोपाल चुँडालको खुट्टामा गहिरो चोट लागेको छ । न्यौपानेको आयसियु कक्षमा उपचार भइरहेको छ । न्यौपानेसहित सबै खतरामुक्ता रहेका अस्पताल स्रोतले बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…