• काठमाडौं, ४ माघ । एनसेललाई एक्जियटा कम्पनीले फेरी बिक्री गर्ने तयारी गरेको छ । तीन अर्ब डलर अर्थात माघ १ को सटही दर अनुसार तीन खर्ब ४० अर्ब रुपैयाँ भ्यालुयशन तोकेर बिक्री गर्ने तयारी थालेको छ ।

    एनसेलको ८० प्रतिशत सेयर होल्डर रहेको एक्जियटा र २० प्रतिशतका स्थानीय साझेदार सतीशलाल आचार्यले संयुक्त रुपमा कम्पनीको शत प्रतिशत स्वामित्व बिक्री गर्नका लागि ‘लेटर अफ इन्टेन्ट’ (एलओआई) जारी गरेका हुन् ।

    बेच्नका लागि इच्छा जाहेर भएपछि विभिन्न कम्पनीले एनसेल किन्नका लागि इच्छा देखाएका छन् ।
    दुबईको लगानीकर्ता अब्दुलवाहव एल गल्दारी (एडब्लुजिएएल) लाई एक्जियटा र सुनिभेरा क्यापिटल भेञ्चर प्रालिका तर्फबाट ३ जुन २०१८ मा लेटर अफ इन्टेन्ट जारी गरिएको हो ।

    एक्जियटामा शेयर हस्तान्तरण हुँदाको लाभकर विवादलाई टुङ्गोमा नपु¥याइ एक्जियटा नेपालबाट बाहिरिन खोजेको हो ।

    लेटर अफ इन्टेन्ट अनुसारको ‘इन्टरप्राइजेज भ्यालु’ मा कम्पनी बिक्री भए एक्जियटाले एनसेलको बिक्रीबाट मात्रै तीन वर्षमा डेढ खर्ब रुपैयाँभन्दा बढी मुनाफा गर्नेछ । यसभन्दा अगाडि एक्जियटाले नेपालबाट ३६ अर्ब रुपैयाँ लाभांश गलेको छ । जुन विवादमा पनि आएको थियो ।

    टेलियाको ८० प्रतिशत शेयर एक अर्ब ३६ करोड ५० लाख डलरमा सन् २०१५ डिसेम्बर २१ मा एक्जियटाले खरिद गरेको थियो ।

    निरजगोविन्द श्रेष्ठको स्वामित्वमा भए पनि टेलियाकै ‘इकोनोमिक इन्ट्रेष्ट’ भएको एनसेलको २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेञ्चर प्रालिले चार करोड ८० लाख डलरमा खरिद गरेको थियो ।

    यो रकमको भूक्तानीका लागि एक्जियटाले आफ्नै स्वामित्वमा रहेको कम्बोडियन कम्पनी स्मार्ट टेलिकममार्फत आचार्यलाई ‘फाइनान्सिङ’ गरेको थियो । सुनिभेरा क्यापिटल गैरआवासीय नेपाली सतीशलाल आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठको कम्पनी हो ।

    टेलियाबाट एक्जियटामा सेयर स्वामित्व हस्तान्तरण हुँदा देखिएको लाभकर विवाद अझै टुङ्गिएको छैन । यस विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

    सुरुमा लाभकर भुक्तानी आफ्नो दायित्व नभएको दावी गरेको एनसेलले २०७३ वैशाख २६ गते टेलियासोनेरा समूहको तर्फबाट भन्दै नौ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ लाभकर भूक्तानी गरेको थियो । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…