• उर्लाबारी । मनिषा फिल्मस् प्रालिको ब्यानरमा नेपाली चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुनेभएको छ । आज निर्माण पक्षले उर्लाबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘रातो गलबन्दी’ बारे जानकारी गराएको हो । करिव ९० लाखको लागतमा निर्माण हुन लागेको सो चलचित्र छायाँङ्कन पूर्वका रमणिय स्थलहरुमा हुने निर्माता हिमाल कडरियाले बताए ।

    उनका अनुसार चलचित्रको छाँयाङ्कन मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरबाट सुरु भएको छ । सो चलचित्रमा चर्चित नायिका केकी अधिकारी,बुद्धि तामाङ, रमेश बुढाथोकी,कोसिश क्षेत्री,अर्जुन गुरुङ,यज्ञबहादुर कटुवाल ‘चुप्पी डन’ लगायतले अभिनय गर्नेछन् ।
    प्रेमकथामा आधारित कथामा बन्ने उक्त फिल्ममा गाउँशहरका परिवेशहरु उत्कृष्ठ शैलिमा समेटिने निर्देशक मनिष थापाले बताए ।
    हिमाल कडरियाको कथामा बन्न लागेको उक्त फिल्मलाई सुमन योन्जनले छाँयाङ्कन गर्नेछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…