•  

    दमक । आगोले जलेर उपचारत झापा,कमल गाँउपालिका ६ का २२ बर्षिया कुलमाया बस्नेतको आज मृत्यु भएको छ । दमकको एडभान्स हस्पिटलमा विगत दुई सातादेखि उपचारत विरामी कुलमायाको उपचारका क्रममा आज अपरान्ह मृत्यु भएको हो ।

    उनको ‘हृदयघात’का कारण मृत्युभएको हस्पिटलले जनाएको छ । आर्थिक अभावका कारण उपचार गर्न बञ्चित कुलमायाको उपचारका लागि स्थानीय बासिन्दाहरुले युवा व्यक्तित्व हुकुमसिंह राईको संयोजकत्वमा कुलमाया बचाउ अभियान समेत सञ्चालन गरिआएका थिए ।अभियानका क्रममा विरामीको उपचारमा स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुले ३ लाख ५० हजार बढी रकम जुटेको थियो ।

    उपचार गर्ने रकम नभएपछि घरमै थलिएकी उनलाई अभियानकै सक्रियतामा घरैबाट उद्दार गरि हस्पिटलमा ल्याईएको थियो । कुलमायाको उपचारको सम्पूर्ण खर्च हस्पिटलले निशुल्क गरिदिएको थियो ।
    गाईबस्तुलाई खोले पकाउने क्रममा गत मंसीर ९ गते अचानक आगो सल्केर घाईते भएकी कुलमायाको यसअघि धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार गरिएको थियो ।

    उपचार गर्न पर्याप्त रकम नभएपछि वस्नेत परिवारले विरामीलाई धरानदेखि उपचार गर्न नपाई घर ल्याउन बाँध्य भएका थिए ।
    यसैवीच, विरामीको उपचारका क्रममा दुखद निधन भएकाले हाललाई वचाउ अभियान अन्तगर्त संकलन गरिने सहयोग अभियान कार्य स्थगित गरिएको संयोजक राईले जनाएका छन् । विरामीको उपचारमा सहयोग जुटाउन अभियान समितिले दमकको सिद्धार्थ वैकमा खाता खोलेका थिए । संयोजक राईले विरामीको उपचारमा संकलित रकम पीडित परिवार,दाता, सरोकारवालाहरु बसेर निर्णय गरिने जनाए ।
    यसैवीच,मृत्युभएकी कुलमायाको भोलि शनिवार विहान ९ वजे कन्काई नदीमा अन्तिम दाहसस्कार गरिने पीडित परिवारले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…