• बाहुनडाँगी, ५ माघ । पर्वत जेसीजको २३ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह शनिवार कुश्मास्थित युनिभर्सल पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ । नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रिय अध्यक्ष महेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पर्वत जेसीज वर्ष २०१८ का शाखा अध्यक्ष राजन जोशीले वर्ष २०१९ का शाखा अध्यक्ष मोहन आचार्यलाई आफ्नो गलाको चेन हस्तान्तरण गरी सपथग्रहण अध्यक्षको कार्यभार हस्तान्तरण गरेका थिए । प्रमुख अतिथि पौडेलले अब जेसीजका गतिविधिहरु समाजकेन्द्रित रही सकरात्मक कार्यहरुद्धारा समाजमा नै उत्कृष्ट सँस्थाको भूमिका निर्वाह गर्नुपर्ने तथा युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा थप अग्रसर भएर लाग्नुपर्ने विचार राखेका थिए । उक्त कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, नगर उपप्रमुख सिता काफ्ले लामिछाने, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिष गिरी, पर्वत जेसीज अध्यक्षीय क्लवका अध्यक्ष जेसी वद्रीनारायण पौडेल, बाग्लुङ जेसीजकी अध्यक्ष जेसी लालकुमारी बस्नेत अम्बिकाले शुभकामना व्यक्त गरेका थिए ।
    कार्यक्रममा रत्न अवार्ड र उत्कृष्ट पदाधिकारी अवार्ड राजन जोशी, उत्कृष्ट कार्यक्रम सँयोजन पुरस्कार मञ्जु शिलाकार श्रेष्ठ, उत्कृष्ट सहभागिता पुरस्कार हेमन्तबाबु आचार्यलाई प्रदान गरिएको थियो । पर्वत जेसीजको वर्ष २०१९ लागि निवर्तमान अध्यक्ष राजन जोशी, कानूनी सल्लाहकार प्रेमकुमार गुरुङ्ग अशोक, का।का। उपाध्यक्षद्धयमा केदारनाथ आचार्य र मञ्जु शिलाकार श्रेष्ठ, महासचिव रामु शर्मा, कोषाध्यक्ष उत्तम पौडेल, शाखा सम्पादक विष्णु शर्मा, तालिम निर्देशक राजु शर्मा, उपाध्यक्षहरुमा विष्णु प्रसाद तिवारी, रिता के।सी। भण्डारी, हेमन्तबाबु आचार्य र गोकुल चापागाईं, निर्देशकहरुमा अमृतप्रसाद पोखरेल र धिरजकुमार यादव, सहसचिव सुरेन्द्र पौडेल, सहकोषाध्यक्ष सुरज श्रेष्ठलगायतका पदाधिकारीहरु पदस्थापित भएका छन् । उक्त कार्यक्रममा पर्वत जेसीज वर्ष २०१९ का अध्यक्ष मोहन आचार्यको जन्मदिनको सुअवसरमा गायत्री आमा समूहको आवश्यकतालाई मध्यनजर गर्दै पोडियम समेत हस्तान्तरण गरिएको थियो ।
    पर्वत जेसीज वर्ष २०१८ का अध्यक्ष राजन जोशी र वर्ष २०१९ का अध्यक्ष मोहन आचार्यको सँयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसीज आस्थापाठ उषा चापागाईं, जेसीज भिजन र मिसनको वाचन अमृतप्रसाद पोखरेल, स्वागत कार्यक्रम सँयोजक हेमन्तबाबु आचार्य, निर्वाचन अधिकृतको घोषणा निवर्तमान अध्यक्ष प्रेमकुमार गुरुङ्ग अशोक तथा सञ्चालन महासचिव विनोद आचार्य र रामु शर्माले सँयुक्त रुपमा सञ्चालन गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…