• कुमार खड्का माघ ५ ,पथरी
    मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० मा रहेको डाँसमोरङ्गी सामुदायिक वनमा जिवन कटुवाल विजयी भएका छन् ।
    कुल ४८३ उपभोक्ता रहेको सो सामुदायिक वनमा आज (शनिवार) भएको निर्वाचनमा ३८० जनाको मत खसेको थियो जसमा अध्यक्ष पदका उमेरद्वार कटुवालले १८८ मत ल्याई विजयी भएका हुन । भने उनका प्रतिद्वन्दि रुद्र बहादुर दाहालले १७२ मत ल्याएका छन् ।
    दाहाललाई १६ मतले पछि पार्दै कटुवाल पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । कटुवाल पूर्वेली होटलका सञ्चालक समेत रहेका छन् ।
    त्यस्तै उपाध्यक्ष पदका प्रत्यासी जगत तिवारी ले उापध्यक्ष पदका अन्य ३ जना उम्मेरद्वार लाई पछि पार्दै विजयी भएका छन् ।
    तिवारीले १२४ मत ल्याउदै विजयी भएका हुन उनका निकटतम प्रत्यासी दिपक राईले कुल खसेको मतमध्ये ९७ मत मात्र आफ्नो पक्षमा पार्न सफल भएका थिए । तिवारीले राईलाई २७ मतान्तरले पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएका हुन ।
    त्यस्तै अर्का प्रतिद्वन्द्वी जनक खड्काले ९० र दिपेन्द्र दहालले २४ मत प्राप्त गरेका थिए । भने यस अघि अघि पौष २८ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाबाट सचिब पदमा दोश्रो पटक गिता खड्का, सह सचिब पदमा इन्द्र बहादुर कार्की र कोषाध्यक्ष पदमा उपेन्द्र कटुवाल पनि सर्वसहमत निर्वा्चित भईसकेका छन् । निर्वाचित सम्पुर्ण पदाधिकारीको कार्यकाल ३ वर्षको रहने वताईएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…