• माघ ५ पथरी
    मोरङको पथरीशनिश्चरे नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजना आयोजित मोरङ जुनियर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आज सम्पन्न भएको छ ।
    जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा जिल्लाको १० डोजाङ समुहहरुको सहभागिता रहेको सो प्रतियोगितामा २०–३० केजी तौल समुहमा गछिया तेक्वान्दो डोजाङका प्रकाश लिम्वु र पाथीभरा तेकवान्दो डोजाङ समुह पथरीकी कविता गिरी उत्कृष्ट खेलाडी घोषीत भएका छन् ।
    त्यस्तै सुकुना तेक्वान्दो डोजाङ समुह प्रथम र गछिया तेक्वान्दो समुह दोस्रो भएका छन् । प्रथम हुने दुवै समुहलाई नगद ३ हजार , २ हजार र ट्रफि,मेडलले सम्मान गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष मनि लुम्फुवा लिम्वुले बताए ।
    स्थानीय वडा नम्वर ४ मा रहेको भागीरथ माविको प्राङगणमा भएको प्रतियोगितामा २०–२५ केजी, ३०–३५ केजी, ३५–४० केजी, र ४०–४५ केजी खेलाडी तौल समुहका पथरी, सुन्दरहरौचा, विराटनगर, बेलबारी र रंगेलीका १० टिमका ४० जना प्रतिस्पर्धी खेलाडी हरुको सहभागीता रहेको थियो ।
    आजको कार्यक्रमको प्रमुख अथितिका रुपमा रहेकी नगर उप–प्रमुख यमुना विष्ट वास्तोलाले शारिरिक तन्दुरुस्तिका लागि कुनै पनि प्रकारको खेलमा सहभागी हुन सवै युवा हरुलाई अव्हान समेत गरेकी छिन् ।
    कार्यक्रममा अथितिका रुपमा वडा नम्वर ४ का वडा अध्यक्ष गोविन्द भण्डारी, लगाएत स्थानिय जनप्रतिनिधि, खेल प्रेमी युवा,तथा रजनैतिक तथा समाजिक व्यात्तित्वहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…