उर्लाबारी । चर्चित लोक गायक एलपि जोशीले शनिवार उर्लाबारीस्थित नमुना वाल गृहमा रिटिङ रिटिङ नबजाउ बिनायो बोलको गीत सुनाउदैं वालवालिकासँग रमाएका छन् । उनको गीतमा अनाथ आश्रमका वालवालिका छमछमी नाँच्दै तालि बजाएर साथ दिएका छन् । उनले वालगृहलाई नगद ५ हजार पनि आर्थिक सहयोग गरे । हरेक वालवालिकामा केहि न केहि प्रतिभा हुन्छ,उनीहरुको प्रतिभा उजागर गर्न वालगृहले ध्यान दिनुपर्छ,उनले सुझाप दिए । आफ्नो पालामा गीत गाएर हिड्दा गीत गाउँनेले छोरी पाल्दैन भन्दै बिहे नै नहुने हो कि भन्ने चिन्ता पनि हुने गरेको अतित सम्झे । उनले भने, तर निरन्तर रुपमा यसैमा लागेर हजुरहरुबाट मानसम्मान पाउन सफल भएको छु । उनले गाएका पुराना गीतहरु एकदमै चर्चित छन् । जुन अहिले पनि जनजिब्रोमा उत्तिकै झुण्डिएको पाइन्छ । उनले वल्लो खोलो पल्लो खोलो गाएर कार्यक्रमको माहौल झनै आकर्षक बनाए । कवि धनकुटे कान्छाले चराको आवाज निकालेर सुनाएका थिए ।
https://www.youtube.com/watch?v=geWkIBF3WZ0